
न्यू योर्क । विश्व शेर्पा दिवसको अवसरमा डिजे पार्टीको आयोजना गरिएको छ।
शेर्पा युवाहरुलाई एकै ठाउँमा समेटेर लैजानको लागि शेर्पा संघ अमेरिकाले न्यू योर्कको क्वीन्समा डिजे पार्टीको आयोजना गरेको हो। प्रमुख अतिथि विश्व शेर्पा संघको सस्थापक अध्यक्ष तथा नेपाल शेर्पा संघको निबर्तमान अध्यक्ष ईन्जियर आङ दोर्जी लामाले पार्टीको उद्द्धाटन गरेका थिए।
प्रमुख अतिथि लगायत सहभागीहरुलाई सिलि नाचद्वारा स्वागत गरिएको थियो। अतिथिहरुलाई शेर्पा संस्कृति, रिति रिवाज अनुसार हिटुद्वारा सम्मान गरिको थियो।
विश्वभर छरिएर रहेका शेर्पाहरूको भाषा, संस्कृति र रितिरिवाज र परम्परालाई एकरूपता ल्याउन र विश्वभरका शेर्पाहरूलाई एकिकृत गर्ने उद्देश्यले सन् २०१७ मा आङ दोर्जी (एडी) शेर्पाको अध्यक्षतामा विश्व शेर्पा संघ गठन भएको थियो। संस्थाको स्थापनापछि विश्वभरका शेर्पाहरूले प्रत्येक वर्ष अक्टोबर ८ लाई ग्लोबल शेर्पा “डे” को रूपमा मनाउँदै आएको छ।
ग्लोबल शेर्पा “डे” को अवसरमा अमेरिकाको शेर्पा युवाहरुलाई एकै ठाउँमा समेट्ने उद्धेश्यले डिजे पार्टी बार्षिक रुपमा आयोजना गरिने आयोजकले जनाएको छ।
बिषेश अथिति धर्मगुरु डा. युला शेर्पा, अमेरिकाका लागि अवैतनिक महाबाणिज्यदुत एसी शेर्पा, न्यू योर्क स्टेट डिष्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन राँगा, विश्व शेर्पा संघको बरिष्ठ उपाध्यक्ष निमा शेर्पा, युनाइटेड एशोशिएसन (युएसए) शेर्पा किदुगका अध्यक्ष ई. तेम्बा शेर्पा, धर्म हाउस अमेरिकाको अध्यक्ष छोङबा लामा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको अध्यक्ष तोरण गुरुङ, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, एनआरएनए एनसीसी नर्थ इष्टका क्षेत्रिय संयोजक आङछिरिङ शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका कार्यबाहक अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा संघ सचिबालय सदस्य, खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ वडा अध्यक्ष फुनुरु, मङगोल अरगनाईजेसनका कान्छा शेर्पा, सिन्धु सोसाईटी अमेरिकाका अध्यक्ष सुर्य खड्का, प्रबासी नेपाली एकता समाज अमेरिकाको अध्यक्ष रुद्र राउत, कलाकार संघ अमेरिकाका अध्यक्ष बसन्ती राई, प्रबासी नेपाली एकता समाज, पानस महासचिव शंकर बिसुन्खे, मिस नर्थ अमेरिका जुबली शेर्पा मिस मोङगोल २०२२ पासाङ डोल्मा शेर्पा लगायत उपस्थित थिए। न्यु योर्कका शेर्पा छोक्पा, साथै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

कार्यक्रममा विश्व शेर्पा संघका अध्यक्ष थेन्डुप शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तथा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, शेर्पा संघ बेलायतका अध्यक्ष रिन्जी लामा शेर्पा लगायतले अनलाइन जुमको माध्यमबाट शुभकामना व्यक्त गरेका थिए। विश्व शेर्पा संघ सदस्य तथा शेर्पा किदुग बेल्जियमका निवर्तमान अध्यक्ष आङ दोर्जी सोनाम, शेर्पा संघ जापानको पुर्व अध्यक्ष पासाङ शेर्पा सहभागी थिए।
शेर्पा संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न र शेर्पा युवाहरुलाइ समेटेर लैजान डिजे पार्टी आयोजना गरेको शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा एपि लामाले जानकारी दिए। शेर्पा संघ अमेरिकाको सचिब पेम्बा गिर्मे शेर्पा लामाले स्वागत मन्तब्य राखेका थिए। कलाकारहरुले सामुहिक श्याबु् नृत्य प्रस्तुत गरेका थिए।
वरिष्ठ शेर्पा कलाकारहरुले शेर्पा भाषाको गीत पनि प्रस्तुत गरेका थिए। विश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए। शेर्पा युवाहरु डिजे प्रस्तुतिसँगै शेर्पा तथा नेपाली भाषाको गीतमा रातको १ बजेसम्म झुमेका थिए।







प्रतिक्रिया