०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

हिमताल विष्फोटबाट प्रभावित थामेको पुननिर्माणमा सहयोग गर्न प्रधानमन्त्रीसमक्ष विश्व शेर्पा संघको माग

भौगोलिक बिकटताको कारणले सबै सामानहरु हेलिकप्टर तथा खच्चर दुवानी गर्नु पर्दा अत्यधिक महँगो पर्ने भएकोले स्थानीय बासिन्दाले आफ्नो घर बनाउन नसक्नेभएकोले क्षतिग्रस्त घरहरु निर्माणको लागि सरकारको सहयोग जरुरी रहेको ज्ञापनपत्रमा अवगत गरिएको छ ।
हिमताल विष्फोटबाट प्रभावित थामेको पुननिर्माणमा सहयोग गर्न प्रधानमन्त्रीसमक्ष विश्व शेर्पा संघको माग

न्यूयोर्क । विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका शेर्पा समुदायले केही महिनाअघि सोलुखुम्बुको थामेमा हिमताल विष्फोटका कारण भएको क्षेतिबाट घरबार विहीन हुन पुगेका नागरिकलाई पुनःस्र्थापना गर्न तत्काल पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । 

राष्ट्रसंघको महासभामा सहभागि हुन न्युयोर्कमा रहनु भएका प्रधानमन्त्री के. पि. शर्मा ओलीलाई विश्व शेर्पा संघले ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको हो । हिमताल फुटेर क्षतिग्रस्त घरहरुको तत्काल पुनर्निर्माण गर्नु पर्ने र सो क्षेत्रमा पुननिर्माण गर्न नसके बस्ती स्थानन्तरको प्रक्रिया अघि बढाएर भएपनि पुनस्थापना गरिनुपर्ने उनीहरुले माग गरेका छन् । भौगोलिक बिकटताको कारणले सबै सामानहरु हेलिकप्टर तथा खच्चर दुवानी गर्नु पर्दा अत्यधिक महँगो पर्ने भएकोले स्थानीय बासिन्दाले आफ्नो घर बनाउन नसक्नेभएकोले क्षतिग्रस्त घरहरु निर्माणको लागि सरकारको सहयोग जरुरी रहेको ज्ञापनपत्रमा अवगत गरिएको छ । 

यसैगरी नेपालको पर्बतारोहण पेशामा संलग्न आरोही शेर्पाहरुको जीवन बीमा हाल १५ लाख रुपैया रहेको र उक्त रकम अहिलेको समयमा धेरै कम भएकोले कम्तिमा ३० लाख पुर्याउन पनि माग गरेको छ । पर्वतारोहणका क्रममा हिमालमा दुर्घट्नामा परेका शेर्पाहरुको बाल बच्चाको शिक्षादिक्षा र रोजगार सरकारले उपलब्ध गराउनु पर्ने पनि उनीहरुको माग छ । यसैगरी नेपालमा बौद्ध धर्मको कतिपय धार्मिक स्थल, स्तुपा चैत्य र गुम्बाहरु अतिक्रमण तथा जीर्ण अवस्था रहेकोले त्यस्ता धार्मिक सम्पदाहरुको सुरक्षा तथा जिर्णोधार गर्न माग गर्दै समग्र नेपालको पर्यटन बिकासमा ठुलो योगदान रहेका ती स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्न पनि संघले माग गरेको छ । 

चार बुँदे ज्ञापनपत्रमा प्राथमिक तहमा स्थानीय भाषाको अध्ययन अध्यापन गराउने नीति रहे शेर्पा गाउँहरुमा शेर्पा भाषाको पढाई हुन नसकेको औल्याउदै संविधानले। नै सुरक्षित गरेको भाषिक नीति तत्काल कार्यन्वयन गर्न माग गरेको छ । यी बिषयहरु कुनै जाति बिशेषको मात्र नभै समग्र नेपालको विकास र संवृद्धिसंग जोडिएकोले प्रधानमन्त्रीबाट कार्यन्वयनको लागि सम्बन्धित निकायहरुमा निर्देशन दिने विश्वास संघले व्यक्त गरेको छ । ज्ञापनपत्र बुुझाउन विश्व शेर्पा संघका बरिष्ठ उपाध्यक्ष निमा शेर्पा, महासचिव  आङ जाङ्बु शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष पसाङ दोर्जी शेर्पा, शेर्पा किदुग न्युयोर्कका अध्यक्ष तेम्बा शेर्पा र शेर्पा संघ अमेरिकाका सचिव पेम्बा गिर्मे शेर्पा सहभागी भएका थिए । 

सो अवसरमा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याबाट प्रभािवत नागरिकको समस्या समाधान गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताउदै संघको माग बारेमा आफुले गम्भीर रुपमा लिएको बताएका थिए । 

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू