२६ कात्तिक २०८३, बुधबार
Wed, Nov 11, 2026
SUBSCRIPTION

कांग्रेस वुमन ग्रेस मेङले नेपाली समुदायसँग छलफल गर्दै

कांग्रेस वुमन ग्रेस मेङले नेपाली समुदायसँग छलफल गर्दै

न्यू योर्क । कांग्रेस वुमन ग्रेस मेङले न्यू योर्कको क्वीन्समा उडसाइड आसपासका स्थानियहरुसँग प्रत्यक्ष भेटेर स्थानियसँग छलफल गर्दैछ । भोली नोभेम्बर २ मा स्थानिय समुदायका सदस्यहरू स्थानीय बासिन्दाहरूसँग मोबाइल अफिस आवर वीथ कांग्रेस वुमन ग्रेस मेङ कार्यक्रम अन्तर्गत जिपिके फाउन्डेसन कार्यालयमा प्रत्यक्ष भेटघाट गर्न लागेको हो । कांग्रेस वुमन मेङसँग बिहान ११ बजेदेखि २ बजेसम्म स्थानियले प्रत्यक्ष भेटेर आफना सरोकारका कुराहरुका राख्न सक्नेछन् । कांग्रेस वुमन मेङ र उहाँको कार्यालयले स्थानिय र आप्रवासीका परिवारहरुसँग परिवारहरू प्रत्यक्ष संवाद गरी स्थनियका समस्या र सरोकारका मुद्धाहरू बारेमा जानकारी लिनेछन् । कांग्रेस वुमन ग्रेस मेङले सामाजिक सञ्जाल मेटामार्फत कार्यक्रममा सहभागी हुन अनुरोध गरेकी छन्।

यो कार्यक्रम समुदायलाई प्रभाव पार्ने संघीय सरकारका नीतिहरूबारे जानकारी प्राप्त गर्ने एक महत्वपूर्ण अवसर भएको जिपिके फाउन्डेसन अमेरिका च्याप्टरका पूर्व अध्यक्ष सोमनाथ घिमिरेले बताए । घिमिरेले क्वीन्समा बसोबास गर्ने नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई समुदायका सवाल, र समस्याहरु साझा गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया