२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

फेबु्रअरीमा मृत्यु भएका धन बहादुर ठकुरीको दाह संस्कारको लागि ३ संस्थाद्धारा गो फण्ड मी शुरु

फेबु्रअरीमा मृत्यु भएका धन बहादुर ठकुरीको दाह संस्कारको लागि ३ संस्थाद्धारा गो फण्ड मी शुरु

न्यू योर्क। झण्डै ९ महिनाअघि मृत्यु भएका धन बहादुर (प्रशान्त) ठकुरीको दाह संस्कारका लागि गैरआवासीय नेपाली संघ अमेरिका न्यूयोर्क च्याप्टर, दर्शन ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिकाले गो फन्ड मी मार्फत सहयोग संकलन शुरु गरेको छ।

चिकित्सा परिक्षकको कार्यालयले ४१ बर्षिय स्वर्गिय धन बहादुरको शव गएको ९ महिनादेखि बेवारिसे अवस्थामा नै रहेको जानकारी नेपाली महाबाणिज्य दुताबासलाई गराएको थियो ।

कसैले दावी नगरिएपछि मृतकको शव चिकित्सा परिक्षकको कार्यालयमा राखिएको जानकारी चिकित्सा परिक्षक कार्यालयले महावाणिज्यदुतावासलाई जानकारी दिएको थियो । महावाणिज्य दुतावासले नेपालमा रहेका परिवारलाई सम्पर्क गरी ठकुरीको मृत्युको बारेमा जानकारी गराईसकेको महावाणिज्यदुतावास न्यू योर्कले जनाएको छ ।

एनआरएनए न्यू योर्क च्याप्टर, ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिकाले सहयोगको लागि के गर्न सकिन्छ भनि परिवारलाई सम्पर्क गरेर परिवारको अनुरोधमा सहयोग संकलनका लागि गो फण्ड मी शुरु गरिएको एनआरएनएका न्यू योर्क च्याप्टर अध्यक्ष डण्डपाणि (बासु) लामिछानेले जानकारी दिए ।

नेपालको झापा दमक नगरपालिका वार्ड नं ८ स्थाई ठेगाना भएका ठकुरी बिगत ११ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । गएको फेबु्रअरी महिनादेखि परिवारको सम्पर्कमा नआएको र परिवारको तर्फबाट खोज्ने प्रयास भएपनि केहि पत्ता नलागेको परिवारले जानकारी दिएको छ । नेपाली महाबाणिज्यदुताबास न्युयोर्कले ठकुरीको मृत्यु फेबु्रअरीमै भैसकेको र अहिलेसम्म कसैले पनि शव दाबी नगरेको अबस्थामा चिकित्सा परिक्षा केन्द्र क्विन्समा रहेको जानकारी परिवारलाई दिएको थियो । परिवारका सदस्यहरु श्रीमती कविता राई ठकुरी र मृतकका दाजुहरु निर्मल ठकुरी र मान बहादुर ठकुरीले स्वर्गिय धन बहादुर ठकुरीको अन्तिम दाह संस्कारको लागि आफ्नो पारिवारिक आर्थिक हैसियत नाजुक भएकोले आर्थिक सहयोगको लागि अनुरोध गरेकाले एनआरएनए न्यू योर्क च्याप्टर, दर्शन ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिकाले मृतक ठकुरीको अन्तिम संस्कारको लागि आर्थिक सहयोग जुटाउनको गो फण्ड मी मार्फत आर्थिक संकलन गर्ने निर्णय गरेको एनआरएनएले जनाएको छ ।

यो दुखद घडीमा सम्पूर्ण नेपाली संघ संस्था तथा नेपाली समुदायलाइ मानबिय सेवामा सहभागी भई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ । साथै मृतक धन बहादुर ठकुरीको श्रीमती र दाजु अन्तिम संस्कारमा सहभागी हुन अमेरिका आउनको लागि भिसा प्रकृया भैरहेकोले उनीहरु अमेरिका आएपछि परिवारको निर्णय अनुसार अन्तिम दाह संस्कार गरिने लामिछानेले जानकारी दिए ।

आर्थिक सहयोगका लागि तलको लिंकमा क्लि गर्नुहोस् ।

https://www.gofundme.com/f/support-funeral-for-dhan-bahadur-thakuri?attribution_id=sl:1ebe90cf-9861-4eab-96be-78d31c2337cb&lang=en_US&ts=1762056565&utm_campaign=man_sharesheet_dash&utm_content=amp17_ta&utm_medium=customer&utm_source=messenger

प्रतिक्रिया