२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

अमेरिकामा भागेको आरोप लागेका पूर्वउर्जामन्त्री खड्का बुढनीलकण्ठस्थित जलेको घरबाटै सार्वजनिक

गृहमन्त्री ओमप्रकाश अर्यालले आइताबार विदेश भागेको दावी गरेको भोलीपल्टै पूर्वमन्त्री खड्का सार्वजानिक भएका हुन् । गृहमन्त्रीको वादी लगतै समाजिक संजाल प्रयोगकर्ता र कतिपय संचार माध्यमहरुले खड्का अमेरिका भागेको दावी गरेका थिए ।
अमेरिकामा भागेको आरोप लागेका पूर्वउर्जामन्त्री खड्का बुढनीलकण्ठस्थित जलेको घरबाटै सार्वजनिक


काठमाडौं, २०८२ कात्तिक ३ – अमेरिका भागेको आरोप लागेका पूर्व ऊर्जामन्त्री दीपक खड्का काठमाडौ बुढनीलकण्ठस्थित आफ्नै जलेको घरबाट सोमबार सार्वजानिक भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले आइताबार विदेश भागेको दावी गरेको भोलीपल्टै पूर्वमन्त्री खड्का सार्वजानिक भएका हुन् । गृहमन्त्रीको वादी लगतै समाजिक संजाल प्रयोगकर्ता र कतिपय संचार माध्यमहरुले खड्का अमेरिका भागेको दावी गरेका थिए । 
जेनजी आन्दोलनका क्रममा तोडफोड भएको बुढानीलकण्ठस्थित उनको घरबाट उनले पत्रकारहरूसँग प्रत्यक्ष संवाद गरेका छन्। खड्काले आफू भाग्ने कारण नभएको स्पष्ट गर्दै भने, “म के कारणले भाग्नुपर्छ? मैले कुनै गलत काम गरेको छैन। मेरो राजनीतिक यात्रा आत्मनिर्भर भएर सुरु भएको हो र म भ्रष्टाचारमा संलग्न कहिल्यै भएको छैन।” उनले आफ्नो पार्टीका सदस्यहरू पनि भाग्ने आवश्यक नभएको बताए।
उनले आफ्नो घरमा विदेशी मुद्रा भेटिएको आरोप अस्वीकार गर्दै भने, “फोटोमा देखाइएको रकम दशैंका लागि ल्याइएको नयाँ नोट हो। चरित्र हत्या गर्ने योजनाअनुसार फोटो सार्वजनिक गरिएको हो।” उनले आफूले सम्पत्ति विवरण प्रहरीलाई दिएको र निष्पक्ष छानबिन स्वागतयोग्य भएको बताएका छन्।
खड्काले सरकार र वर्तमान राजनीतिक अवस्था प्रति आफ्नो धारणा व्यक्त गर्दै भने, “२३÷२४ गतेका आन्दोलन देशमा लोकतन्त्रको लागि सडकमा आएका प्राकृतिक आन्दोलन हुन्। तर हामी अहिले यस्तो अवस्थामा छौं जहाँ नेपाल रहने कि नरहने भन्ने प्रश्न छ। सबै राजनीतिक दलहरूले एकजुट भएर राष्ट्रको रक्षा गर्नुपर्छ।”
उनले हालैको हिंसात्मक घटनाहरू केवल व्यक्तिगत हमला नभई देशमाथिको हमला भएको ठहर गर्दै राज्यसँग शान्ति कायम राख्न र घटनाका दोषी पत्ता लगाउन आवश्यक भएको बताए। सम्पत्ति छानबिनसँग सम्बन्धित प्रश्नमा उनले भने, “म यस विषयमा जानकारी पाएको छैन, तर सहयोग गर्नेछु। निष्पक्ष छानबिन भए मसँग केही लुक्ने छैन। मैले आफ्नो सम्पूर्ण जीवनमा आत्मनिर्भर भएर अघि बढेको छु।”
उनले भदौ २३–२४ गते आन्दोलनको समयमा आफ्ना गतिविधिहरूबारे पनि स्पष्ट पारे। खड्काका अनुसार, आन्दोलनको पहिलो दिन उनले सेना क्याम्पमा सुरक्षित बसे र केही दिनपछि तराई क्षेत्रको भ्रमण गरे। त्यसपछि स्वास्थ्य समस्याका कारण परिवारसहीतत भारत गएका र मेदान्त हस्पिटलमा ११ दिन उपचार गरे । “अमेरिकामा भागेको भ्रम फैलाइएको हो, म भारतमा थिएँ ।”

तस्बीरः सामाजिक संजाल

 

 

प्रतिक्रिया