२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

इजरायलले सोमबार गाजाको अस्पतालमा आक्रमण; कम्तीमा १५ जनाको मृत्यु, पत्रकार पनि मारिए

इजरायलले सोमबार गाजाको अस्पतालमा आक्रमण; कम्तीमा १५ जनाको मृत्यु, पत्रकार पनि मारिए

न्यू योर्क। इजरायलले गाजास्थित नास्सेर अस्पतालमा आक्रमण गरेको छ। त्यसमा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

मृतकमध्ये केही पत्रकार र एक उद्धारकर्मी थिए। साक्षीहरूका अनुसार दुई पटक प्रहार भएको थियो। पहिलो विस्फोटपछि सहयोग गर्न मानिसहरू भित्र पुगेपछि दोस्रो प्रहार भएको थियो।

त्यतिबेला रोयटर्सको अस्पतालबाट लाइभ भिडियो फिड चलिरहेको थियो। लाइभ फिड हुशाम अल-मस्रीले सञ्चालन गरिरहेका थिए। पहिलो विस्फोटकै बेला फिड बन्द भएको थियो।

रोयटर्सका अनुसार अल-मस्री विस्फोटमा मारिए। रोयटर्सकै अर्को ठेकेदार हातेम खालेद घाइते भए। रायटर्सले उनलाई तत्काल उपचार दिलाउन सहयोग मागेको छ।

इजरायली सेनाले तत्काल टिप्पणी गरेको छैन। इजराइलको प्रधानमन्त्रीको कार्यालयले पनि प्रतिक्रिया दिएको छैन। गाजाका स्वास्थ्य अधिकारीहरूले विस्फोटमा पारी ज्यान गुमाउने अरू तीन पत्रकारको नाम सार्वजनिक गरेको छ। उनीहरू मरियम अबु दग्गा, मोहम्मद सलामा, र मोअज अबु ताहा हो।

एपीका अनुसार अबु दग्गा एपी र अन्य सञ्चारमाध्यमका लागि स्वतन्त्र रूपमा काम गर्थिन्। अल जजिराले सलामा आफ्नो नेटवर्कका लागि काम गर्ने जनाएको छ।

पालेस्टिनी पत्रकार संघले आक्रमणको निन्दा गरेको छ। यसलाई “स्वतन्त्र मिडियामाथिको खुला युद्ध” भनेको छ। संघका अनुसार ७ अक्टोबर २०२३ यतादेखि गाजामा २४० भन्दा बढी पालेस्टिनी पत्रकार मारिएका छन्।

(फोटो एआई निर्मित हो)

प्रतिक्रिया