२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

दार्जिलिङ समाज अमेरिकाको अध्यक्षमा होम कुमारी गुरुङ (माया) निर्वाचित

फेब्रुअरी १५ मा न्यूयोर्कको ज्याकसन हाइटमा भएको समाजको पहिलो अधिवेशनले गुरुङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
दार्जिलिङ समाज अमेरिकाको अध्यक्षमा होम कुमारी गुरुङ (माया) निर्वाचित

 

न्यूयोर्क । दार्जिलिङ समाज अमेरिकाको अध्यक्षमा होम कुमारी गुरुङ(माया) निर्वाचित भएका छन् । फेब्रुअरी १५ मा न्यूयोर्कको ज्याकसन हाइटमा भएको समाजको पहिलो अधिवेशनले गुरुङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 
नव निर्वाचित कार्यसमितिमा रमला तामाङ उपाध्यक्ष, सन्ध्या गुरुङ प्रधान महासचिव, शारदा गुरुङ सचिव, एनएफएन गुरु कोषाध्यक्ष र नम्रता तामाङ सहकोषाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा तिर्थराज लामा, सरिता गुरुङ र बन्दना सेवा निर्वाचित भएका छन् । समाजको नव निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक भारती राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । निर्वाचन प्रक्रियाको लागि भारती राईको संयोजकत्वमा विज्ञान चन्द्र लामा र इन्दु लामिछाने सम्मिलित निर्वाचिन समिति गठन भएको थियो । 

त्यसअघि अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभाध्यक्ष एवं निर्वातमान अध्यक्ष राज लामाले अमेरिकामा बसोबास गर्ने दार्जिलिङका समुदायको हक हितको प्रवर्दनको लागि समाजको स्थापना भएको र संस्थाको उदेश्य अनुरुप  गतिविधि अघि बढीरहेको बताए । नव निर्वाचित अध्यक्ष होम कुमारी गुरुङ (माया)ले दार्जिलिङका नेपाली भाषी तथा अन्य समुदायमा बसोबास बढ्दै गइरहेको र उनीहरुको दैनिक जीवनमा आइपर्ने विविध समस्याहरुको समाधान र संस्कार संस्कृति संरक्षणका लागि संस्था सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । यस कार्यका लागि समुदयका सबै सदस्यहरुको हातेमालो हुनुपर्ने उनले बताए । 

प्रतिक्रिया