न्यू योर्क । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन बुधबार विहान न्यूयोर्क आइपुगेका छन् । जलवायु परिवर्तनको असरको रुपमा नेपालमा विनासकारी बाढीबाट ठूलो जनधनको क्षेति भएपछि अन्तर्राराष्ट्रिय जगतको ध्यानकर्षण गराउन प्रधानमन्त्री बालेन राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन अमेरिका आएका हुन ।
शुक्रबार नै नेपाल फर्किने गरी करिब ३८ घण्टाको लागि मात्र अमेरिका आएका प्रधानमन्त्री बालेनले त्यसवीचमा विहीबार संयुक्त राष्ट्रसंघका महासविच एन्टोनी गुटेरेससंग भेटवार्ता गर्ने र साँझ महासभामा सम्बोधन गरिने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको तहबाट भ्रमण भएपनि यसपटक कुनै पनि मित्रराष्ट्रका समकक्षीहरुसंग साइडलाइन वार्ता भने हुनेछैन ।
बुधबार बिहान न्यूयोर्कको जेएफके अन्तर्राराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री बालेनलाई राष्ट्रसंघका लागि नेपाली मिसन प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधीराम भण्डारी लगायतले स्वागत गरेका थिए । त्यसपछि बुधबार दिनभर मिनसको कार्यालयमा प्रधानमन्त्री बालेनले मिसन प्रमुख र अन्य कुटनीतिक प्रमुखहरुबाट ब्रिफिङ लिएको जनाइएको छ । भ्रमणको दोस्रो दिन विहीबार दिउसो संयुक्त राष्ट्रसंघका महासविच एन्टोनी गुटेरेससंग राष्ट्रसंघीय मुख्यालयमै भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महासभाको “जेनेरल डिभेट” अन्तर्गत विहीबार दिउसोको सत्रमा प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री बालेनले नेपालमा आएको प्रलयकारी बाढि र त्यसले पुर्र्याएको धनजनको क्षतिको सन्दर्भलाई प्रमुख रुपमा जोडेर विश्वका नेताहरू समक्ष आफ्नो भनाई राख्ने तयारी भइरहेको जनाइएको छ । उनले नेपालको जलवायु जोखिम, पछिल्लो विनाशकारी बाढीबाट भएको मानवीय तथा आर्थिक क्षति, जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता उठाउने तयारी गरेका छन्। नेपाली अधिकारीहरूले विकसित मुलुकबाट सहुलियतपूर्ण जलवायु वित्त, जलवायु प्रतिरोधी पूर्वाधारका लागि प्राविधिक सहयोग, क्लाइमेट–स्मार्ट कृषि तथा क्षमता विकासमा सहायता खोजिने बताएका छन्।
प्रधानमन्त्री बोलन बुधबार विहान न्यूयोर्क आइपुगे पनि आजै राष्ट्रसंघ मुख्यालयमा भएको क्लाइमेट समिट २०२६ “हाइ–लेभल इभेन्ट अन क्लाइमेट एक्सन एन्ड द जस्ट ट्रान्जिसन“ मा सहभागि भइनन् । सो कार्यक्रममा अन्य तीन देशका प्रधानमन्त्रीसंगको प्यानलमा बसेर परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको धारण राखेका छन् ।
उनले नेपालले कम हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको तर्क राख्दै यो समस्या नेपालको मात्र नभई विश्व कै समस्या भएको अवगत गराए । उनले हालै आएको बाढीबाट भएको क्षेतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउदै जलवायु परिवर्तनका कारण भएको लस एन्ड ड्यामेजको क्षेतिलाई सरल र सहज रुपमा पाउनु पर्नेमा जोड दिए ।




प्रतिक्रिया