१० जेठ २०८३, आइतबार
Sun, May 24, 2026
SUBSCRIPTION

राज्यसभा सदस्यका उमेद्वार सोमनाथ र सिनेटर रामोस डेमोक्रेटिक प्राइमरीका लागि एकजुट

राज्यसभा सदस्यका उमेद्वार सोमनाथ र सिनेटर रामोस डेमोक्रेटिक प्राइमरीका लागि एकजुट

न्युयोर्क। न्यू योर्कको क्वीन्समा बसोबास गर्दै आएका दक्षिण एसियाली, चिनियाँ, थाई तथा फिलिपिनो समुदायका विभिन्न अगुवा, सामाजिक अभियन्ता तथा समुदायका नेताहरूले न्यू योर्क राज्यका डिष्ट्रिक्ट १३ की सेनेटर जेसिका रामोसको पुनःनिर्वाचन तथा न्यूयोर्क राज्यको डिष्ट्रिक्ट ३० का राज्यसभा सदस्यको उम्मेदवार सोमनाथ घिमिरेलाई औपचारिक समर्थन गरेका छन् आउने जुनमा हुने प्राइमरी निर्वाचनलाई लक्षित गर्दै ज्याक्सन हाइट्सस्थित न्यू लाइफ सिनियर केयर सेन्टरमा आयोजित विशेष कार्यक्रममा सहभागीहरूले घिमिरे रामोसलाई औचारिक रुपमा समर्थन जनाएका हुन् कार्यक्रम बहुसांस्कृतिक समुदायबीचको एकता, सहकार्य आपसी सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरुले बताएका छन्  डिष्ट्रिक्ट ३० का उमेद्वार घिमिरे निर्वाचन क्षेत्रमा आशा लाग्दा प्रभावशाली उम्मेदवारका रूपमा उदाउँदै आएका छन् लामो समयदेखि समुदायमा सक्रिय रहँदै आएकी सिनेटर रामोस विगतका निर्वाचन सफलतासँगै सामाजिक सेवामार्फत क्वीन्स क्षेत्रमा बलियो पकड जमाउन सफल भएकी छन्  त्यस्तै, आप्रवासी समुदाय, स्थानीय बासिन्दा तथा ग्रास रुटसाग काम गर्ने संस्थाहरूसँगको सम्बन्धका कारण घिमिरेले पनि तीव्र रूपमा जनसमर्थन प्राप्त गरिरहेका छन्  सिनेटर रामोसले समुदायको एकता सक्रिय सहभागिताको महत्वमा जोड दिँदै समर्थकहरूलाई घरदैलो अभियान, मतदाता सम्पर्क (भोटर आअउटरिच), फोन बैंकिङ अभियानमा स्वयंसेवकका रूपमा सहभागी भई दुवै उम्मेदवारको जित सुनिश्चित गर्न आग्रह गरेकी छन् रामोसले समुदायका लागि अहिलेसम्म भइरहेका कार्यहरूलाई निरन्तरता दिन जनसमर्थन अपरिहार्य रहेको रिनेटर रामोसको तर्क  उमेद्वार घिमिरेले आफुले आप्रवासीहरुको पक्षमा सधै लड्ने भएकाले जुन २३ मा हुने प्राइमरी निर्वाचनमा आफुलाई मतदान दिन आग्रह गरे जुन १३ देखि २१ सम्म अर्ली भोटिङ हुँदैछ। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समर्थन गरेका थिए। एनआरएनए एुएसएका उपाध्यक्ष आङछिरिङ शेर्पा, एनआरएनए न्यू योर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने, बेंगाली क्वल युएसएका अध्यक्ष दिनेश मुजुमदार, युवा शेर्पा समुदायका नेता सबिन शेर्पा, समाजसेवी डा. रमेश चित्रकार, नेपाली जनसम्पर्क समिति न्युयोर्कका अध्यक्ष दिनेश भण्डारी, सामाजिक अभियन्ता लक्ष्मी भट्ट, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका महासचिव सुमन थाम्सुहाङ लिम्बु, ब्लड डानेर्स एशोशिएसन अमेरिकाका अध्यक्ष कृष्ण आचार्य, अन्तरधार्मिक नेता दिलीप थंकप्पन लगायत सहभागी थिए।कार्यक्रममा उपस्थित वक्ताहरूले आगामी प्राइमरी निर्वाचनमा समुदायका सदस्यहरूलाई सक्दो सहयोग गर्न आह्वान गरेका थिए। वक्ताहरूले सेनेटर रामोस सोमनाथ घिमिरेलाई आप्रवासी अधिकार, किफायती आवास, आर्थिक अवसरहरूको विस्तार तथा क्वीन्स क्षेत्रको विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने नेताका रूपमा प्रस्तुत गरेका थिए।कार्यक्रमको सञ्चालन फिलिपिनो समुदायका नेता फ्लो बीकोरोनेलले गरेका थिए। कार्यक्रममा देखिएको बहुसांस्कृतिक समुदायहरूबीचको सहकार्य  समर्थनले आगामी प्राइमरी निर्वाचनअघि नयाँ राजनीतिक ऊर्जा उत्साह सिर्जना गरेको सहभागीहरुको भनाइ छ। आयोजकहरूले यो कार्यक्रमलाई दुवै उम्मेदवारको समर्थनमा रणनीतिक एकता ग्रास रुट तहको सदस्यहरुको परिचालनलाई सुदृढ बनाउने महत्वपूर्ण मञ्चका रूपमा लिइएको  

प्रतिक्रिया