०४ जेठ २०८३, सोमबार
Mon, May 18, 2026
SUBSCRIPTION

न्यूयोर्कमा आज नेपाल डे परेड आयोजना हुँदै

नेपाली कला, भेषभुषा तथा साँस्कृतिक झाँकीसहीतको परेड दिउँसो १ बजेबाट शुरु भई साँझ ६ बजेसम्म चल्नेछ । म्यानहटन सिटीको ३८ स्ट्रिट र म्याडिसन एभिन्यूबाट सुरू हुने परे २४ स्ट्रिटसम्म पुग्नेछ । परेडपछि २४ स्ट्रिटमा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने परेड आयोजक गैर आवसीय नेपाली संघ न्यूयोर्क र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले जनाएका छन् ।
न्यूयोर्कमा आज नेपाल डे परेड आयोजना हुँदै


न्यूयोर्क । नेपालको विविध संस्कृति र सम्पदालाई विश्व सामु परिचित गराउने उदेश्यले न्यू योर्क सिटीको म्यानह्याटन शहरमा आज नेपाल डे परेड आयोजना हुँदैछ । नेपाली कला, भेषभुषा तथा साँस्कृतिक झाँकीसहीतको परेड दिउँसो १ बजेबाट शुरु भई साँझ ६ बजेसम्म चल्नेछ । म्यानहटन सिटीको ३८ स्ट्रिट र म्याडिसन एभिन्यूबाट सुरू हुने परे २४ स्ट्रिटसम्म पुग्नेछ । परेडपछि २४ स्ट्रिटमा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने परेड आयोजक गैर आवसीय नेपाली संघ न्यूयोर्क र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले जनाएका छन् । 
नेपाल डे परेड, सेलिबे्रटिङ नेपाली हेरिटेज टुगेदरको नारासहीत आयोजना हुने परेडमा विश्वको सर्वोच्च्च शिखर सगरमाथा, शान्तिका अग्रदूत तथा एसियाका ज्योतिको रुपमा परिचित भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथ लगायतका ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदाहरूको बारेमा प्रचारप्रसार गरी नेपालको पहिचान स्थापित गर्ने र नेपालमा पर्यटक प्रवद्र्धन गर्न सहयोग पुर्याउने आयोजकले जनाएको छ । 
परेडमा अमेरिकास्थित नेपाली दुताबास, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदुताबास, राष्ट्रसंघका लागि नेपाली मिसनको प्रमुखहरुकासाथै न्यूयोर्कका जनप्रतिनिधहरु तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरु उपस्थित हुनेछन् । यसैगरी ५ हजार भन्दाबढी नेपाली समुदायका सदस्यहरु सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

परेडपछिको कार्यक्रममा पहिलो चरणमा औपचारिक कार्यक्रम हुने र दोश्रो चरणमा विविध संस्कृति झल्कने ८ वटा साँस्कृतिक प्रस्तुतिहरु रहेका छन् । न्यू योर्कमा सन २०१६ देखि नेपाल डे परेड आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया