न्यूयोर्क । गायक विजय लामा न्युयोर्कमा सम्मानित भएका छन् । भोटेकोसी समाज अमेरिकाको आयोजनामा सम्पन्न ‘ल्होसार साँझ २०२६’ कार्यक्रममा गायक लामालाई सम्मान गरिएको हो । उनलाई न्युयोर्क सिटीका एसेम्बली मेम्बर स्टेभेन रागाले सम्मान प्रदान गरेका थिए ।
भोटेकोसी समाजले न्यूयोर्कको क्वीन्समा आयोजना गरेका ‘ल्होसार साँझ २०२६’ कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरू गाएर दर्शनलाई मनोरन्जन प्रदान गरेका थिए । ‘नखानु पानी तोङ्वाको’, ‘भोलि फर्की आउँछु आउँदिन’, ‘खासा बजार’ लगायतका गीतमा सयौँको संख्यामा उपस्थित दर्शकहरू झुमेका थिए ।
कार्यक्रममा भोटेकोसी समाज अमेरिकाका अध्यक्ष अकबर स्याङ्तानले भव्य रूपमा कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि आफ्नो कला, संस्कृति र परम्परा जोगाउन यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने बताए । स्याङ्तानले कार्यक्रममा उपस्थित दर्शक, देश–विदेशमा रहेका शुभचिन्तक एवं कार्यक्रम सम्पन्न गर्न मद्दत गर्ने सबैप्रति आभार प्रकट गरेका थिए ।




प्रतिक्रिया