न्यूयोर्क । इरानमाथिको हवाई हमलाका क्रममा अमेरिकाको दुईवटा सैन्य विमान शुक्रबार इरानद्धारा खसालिएका छन्। घटनापछि एक चालकको उद्धार गरिएको र एक बेपत्ता भएको अमेरिकी सुरक्षा श्रोतको हवाला दिदै द वासिङटन पोष्टले जनाएको छ । बेपत्ता चालकको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको अमेरिकी अधिकारीहरूले बताएको पोष्टले उल्लेख गरेको छ ।
अधिकारीहरूका अनुसारF–15E fighter jet र A–10 attack plane दुबै इरानी आक्रमणबाट क्षतिग्रस्त भएका थिए। इरानभित्र खसेको F–15Eमा सवार दुईमध्ये एक चालकलाई उद्धार गरिएको छ भने अर्को चालक अझै बेपत्ता रहेको जनाइएको छ। उद्धार गरिएका चालकको स्वास्थ्य अवस्थाबारे तत्काल कुनै जानकारी दिइएको छैन।
त्यसैगरी A–10 विमानका चालकले क्षतिग्रस्त अवस्थामा विमानलाई कुवेतको आकाश क्षेत्रमा पु¥याएर इजेक्ट गरेका थिए र उनलाई सुरक्षित रूपमा उद्धार गरिएको छ।
उद्धार अभियानका क्रममा प्रयोग गरिएका दुई अमेरिकी हेलिकप्टरहरू पनि इरानी आक्रमणको निशाना बनेका थिए। ती घटनामा केही अमेरिकी सैनिक घाइते भए पनि दुबै हेलिकप्टर सुरक्षित रूपमा आफ्नो आधार शिविरमा फर्किएको अधिकारीहरूले बताएका छन्।
यो घटनाले इरानमाथि अमेरिकाले हवाई वर्चस्व कायम गरेको भन्ने म्यलबमि त्चगmउ प्रशासनको दाबीमाथि प्रश्न उठाएको छ। एक महिनादेखि जारी आक्रमणपछि पनि इरानसँग कति सैन्य क्षमता बाँकी छ भन्ने विषयमा नयाँ चिन्ता पैदा भएको छ।
बेपत्ता चालकको खोजीका लागि भइरहेको अभियानलाई हालसम्मकै सबैभन्दा जोखिमपूर्ण अवस्था मानिएको छ। लडाइँ क्षेत्रमा हुने यस्तो “कम्ब्याट सर्च एन्ड रेस्क्यु” (उद्धार) अभियान निकै खतरनाक हुने सैन्य विज्ञहरूले बताएका छन्।
इरानको सरकारी सञ्चारमाध्यमले दुर्घटनास्थल नजिकका स्थानीयलाई अमेरिकी चालक फेला पार्न इनाम दिने घोषणा गरेको छ। साथै केही प्रसारणमा स्थानीय बासिन्दालाई अमेरिकी सैनिकहरूलाई “निशाना बनाउन” समेत आह्वान गरिएको खबर आएको छ।
राष्ट्रपति ट्रम्पले यस घटनाबारे सार्वजनिक रूपमा धेरै टिप्पणी गरेका छैनन्। संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो घटनाले युद्ध अन्त्यका वार्तामा असर नपार्ने बताएका छन्।



प्रतिक्रिया