न्यु योर्क। इरानको मिसाइल र ड्रोन प्रत्याक्रमणमा युनाइटेड अरब इमिरेट्स (युएई) मा एक नेपालीको मृत्यु भएको छ।
युएईको मिनिस्ट्री अफ डिफेन्सका अनुसार हमलामा तीन विदेशीको ज्यान गएको छ। मृतकमध्ये एक नेपाली, एक पाकिस्तानी र एक बंगलादेशी नागरिक छन्। ५८ जना घाइते भएका छन्।
यो घटना अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि भएको इरानी “काउन्टरअट्याक”का क्रममा भएको हो। रॉयटर्सका अनुसार इरानले खाडी क्षेत्रमा मिसाइल प्रहार गरेको थियो।
रिपोर्टअनुसार युएईका केही क्षेत्रमा विस्फोट र धुवाँ देखिएको थियो। यसले दुबई र अबु धाबीमा त्रास फैलायो।
अहिलेसम्म मृत्यु भएका नेपालीको नाम सार्वजनिक गरिएको छैन। तर उपलब्ध रिपोर्टले ती नेपाली नागरिक युएईमै मारिएको पुष्टि गरेका छन्।
यो घटनापछि खाडीमा रहेका नेपालीहरूबीच चिन्ता बढेको छ। स्थिति अझै तनावपूर्ण छ।




प्रतिक्रिया