२८ माघ २०८२, मङ्गलबार
Tue, Feb 10, 2026
SUBSCRIPTION

दुई तिहाइ अमेरिकी भन्छन्, आईसले सीमा नाघ्यो: नयाँ राष्ट्रिय सर्बेस्क्षण

दुई तिहाइ अमेरिकी भन्छन्, आईसले सीमा नाघ्यो: नयाँ राष्ट्रिय सर्बेस्क्षण

वाशिङ्टन। एनपीआर/पीबीएस न्यूज/मारिस्टले हालै गरेको राष्ट्रिय सर्वेक्षणले आईस (इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट) को कारवाहीमाथि जनआक्रोश बढेको देखाएको छ। पोलका अनुसार धेरै अमेरिकीहरूलाई आईसको कारवाही “अति कडा” लाग्न थालेको छ।

पोलको मुख्य निष्कर्ष स्पष्ट छ। ६५% अमेरिकीले आईस “गोन टु फार” (सीमा नाघ्यो) भनेका छन्। जुन २०२५ मा गरिएको अघिल्लो सरबेक्षणमा यो ५४% मात्र थियो। यो सर्बेक्षणमा १२% सहभागीले आईसीई “अझ कडा हुनुपर्छ” भनेका छन्। २२% ले भने “ठीकै छ” भनेका छन्।

सर्वेक्षण अनुसार जनताको प्राथमिकतामा इमिग्रेसन पहिलो मुद्दा होईन।

सुरक्षाबारे पनि जनमत नकारात्मक देखिन्छ। ६२% ले आईसको कामले अमेरिका “समह्वाट वा मच लेस सेफ” (केहि कम सुरक्षित) बनाएको भनेका छन्। ३७% ले “मोर सेफ” (बढि )बनाएको भनेका छन्।

आईसको कामको मूल्याङ्कन पनि तल झरेको छ। ६०% ले आईसको “जब पर्फर्मेन्स” मा असन्तुष्टि जनाएका छन्। ३३% ले मात्र समर्थन गरेका छन्।

आईसीईविरुद्ध भएका प्रदर्शनबारे पनि बहुमतले समर्थन जनाएका छन्। ५९% ले ती प्रदर्शन “मोस्ट्ली लेजिटिमेट प्रोटेस्ट” भएको भनेका छन्। ४०% ले “अनलफुल बिहेभियर” भएको भनेका छन्।

यो पोल मिनेसोटा मा भएका दुई घटनापछि आएको हो। रिपोर्टअनुसार त्यहाँ फेडेरल इमिग्रेसन एजेन्ट्ससँग सम्बन्धित कारबाहीमा दुई अमेरिकी नागरिकको मृत्यु भएको थियो। यही घटनापछि व्यापक विरोध र बहस चर्किएको हो।

त्यसपछि प्रशासनले केही कदम पनि चालेको उल्लेख छ। रिपोर्टअनुसार घटनामा संलग्न ग्रेग बोभिनो लाई सो अपरेसनबाट “रि-असाइन” गरिएको छ। ह्वाइट हाउस का बोर्डर जार टम होमन ले मिनेसोटाबाट ७०० फेडेरल एजेन्ट्स फिर्ता गर्ने बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प ले एनबीसी न्यूजसँग बोल्दै सरकारलाई “सफ्टर टच” चाहिन सक्ने संकेत गरेका छन्। तर उनले कारवाही अपराधिलाई गरिएको भन्ने दाबी पनि दोहोर्‍याएका छन्। एनपीआरको रिपोर्टले भने मारिएका दुई जना “क्रिमिनल” को परिभाषामा नपर्ने उल्लेख गरेको छ।

सर्वेक्षणमा डेमोक्र्याट्स मध्ये ९३% ले आईस “गोन टु फार” भएको भनेका छन्। उनीहरूमध्ये ९१% ले आईसको कामप्रति असन्तुष्टि जनाएका छन्। इन्डिपेन्डेन्ट्स मध्ये ७१% ले आईस “गोन टु फार” भनेका छन्। उनीहरूमध्ये ६६% ले आईसको कामप्रति असन्तुष्टि जनाएका छन्। रिपब्लिकन्स मध्ये ७३% ले आईसको कामलाई समर्थन गरेका छन्। तर रिपब्लिकन्समै पनि “गोन टु फार” भन्ने हिस्सा २७% पुगेको छ। यो संख्या पहिले २०% थियो।

आईस विरुद्ध प्रदर्शनबारे पनि पार्टीगत धारणा फरक देखिन्छ। डेमोक्र्याट्स मध्ये ८५% र इन्डिपेन्डेन्ट्स मध्ये ६५% ले प्रदर्शनलाई “वैधानिक” भनेका छन्। रिपब्लिकन्स मध्ये ७५% ले प्रदर्शनकारी “अवैधानिक” ढंगले चलेको बताएका छन्।

त्यही सरबेक्षणमा ट्रम्पको “जब अप्रुभल” ३९% छ। “डिसअप्रुभल” अर्थात् ट्रम्पको कामप्रति ५६% ले असंतुष्टि जनाएका छन। कुल ५१% ले भने "कडा असन्टुष्टि” जनाएका छन्।

सर्वेक्षण अनुसार जनताको प्राथमिकतामा इमिग्रेसन पहिलो मुद्दा होईन। सहभागी मध्ये  ५४ % ले प्रशासनको मुख्य प्राथमिकता “मुल्य वृद्धि कम गर्नु” हुनु पर्ने बताएका छन्। कुल २२ % ले मात्र “आप्रवासन नियन्त्रण” लाई मुख्य प्राथमिकता भनेका छन्।

प्रतिक्रिया