१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

आईस आउट अफ एनवाईसीः म्यानहटनमा विशाल र्‍याली (भिडियो सहित)

आईस आउट अफ एनवाईसीः म्यानहटनमा विशाल र्‍याली (भिडियो सहित)

न्यू योर्क। इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) विरुद्ध “आईस आउट अफ एनवाईसी” नारासहित शुक्रबार म्यानहटनमा ठूलो प्रदर्शन भयो। हजारौँ मानिस युनियन स्क्वायर वरपर भेला भए। उनीहरूले मिनेसोटामा भइरहेको आप्रवासन कारबाहीविरुद्ध समेत ऐक्यबद्धता जनाए। 

युनियन स्क्वायरबाट सुरु भएको र्‍याली प्लान्टिरको कार्यालय (१८ स्ट्रिट), होम डिपो (२३ स्ट्रिट) र जेफ बेजोसको अपार्टमेन्ट बिल्डिङ (फिफ्थ एभेन्यु) हुँदै म्याडिसन स्क्वायर पुगेको थियो। “डे अफ ट्रुथ एन्ड फ्रिडम” अभियानसँग जोडिएको यो र्‍यालीमा नेपाली, बङ्गला, भारतीय तथा इन्डोकरेबियन समुदायको नेतृत्व देसिज राइजिङ अप तथा मुभिङ (ड्रम) ले गरेको थियो।

शुक्रबार (जनवरी २३) साँझ करिब ४ बजेदेखि प्रदर्शन आयोजकहरूले मिनेसोटाबाट आईस भगाउन राष्ट्रिय स्तरमा आह्वान गरिएको “डे अफ ट्रुथ एन्ड फ्रिडम” आन्दोलनसँग जोडिएको बताए। सहभागीहरूले “समुदायमाथि डर फैलाउने छापा, हिरासत, र निर्वासन अभियान रोकिनुपर्छ” भन्दै सङ्घीय रणनीतिप्रति आपत्ति जनाए।

प्रदर्शनकारीहरू मिनेसोटाका आन्दोलनकारीहरूलाई “यो साझा सङ्घर्ष हो” भएको सन्देश दिँदै र्‍यालीमा सहभागी भए। र्‍यालीमा ११९९ एसईआईयूका “फ्रन्टलाइन” हेल्थकेयर कामदारसहित ७० भन्दा बढी सङ्घसंस्थाका सदस्यहरू सहभागी थिए। प्रदर्शनका क्रममा धार्मिक अगुवा तथा अधिकारकर्मीहरूले पनि आप्रवासी समुदायमाथिको व्यवहारलाई “अस्वीकार्य” भन्दै आलोचना गरेका थिए।

प्रदर्शनमा एपिस्कोपल डायोसिस अफ न्युयोर्कका बिशप एलेन के शिनले “सायलेन्स ह्याज बिकम टु कोस्टली” भन्दै अब चुप लागेर बस्न नहुने सन्देश दिएका थिए। जुलुस युनियन स्क्वायरबाट प्लान्टिरको कार्यालय (१८ स्ट्रिट), होम डिपो (२३ स्ट्रिट) र जेफ बेजोसको अपार्टमेन्ट बिल्डिङ (फिफ्थ एभेन्यु) हुँदै म्याडिसन स्क्वायर पुगेको थियो। 

प्रदर्शन मिनेसोटामा पछिल्ला दिनहरूमा आईस गतिविधि बढेको, “इकोनोमिक ब्ल्याकआउट र जनरल स्ट्राइक” जस्ता आव्हान गरिएको, र सङ्घीय अपरेशनविरुद्ध बढ्दो जनआक्रोशको पृष्ठभूमिमा भएको हो। 

युनियन स्क्वायरमा भएको प्रदर्शनले न्युयोर्कमा मिनेसोटामा जस्तो अवस्था आउन नदिन दबाब सिर्जना गर्ने उद्देश्य राखेको आयोजकहरूको भनाइ छ। र्‍यालीमा नेपालीबङ्गलाभारतीय तथा इन्डोकरेबियन समुदायको नेतृत्व देसिज राईजिङ अप तथा मुभिङ (ड्रमले गरेको थियो।

प्रतिक्रिया