०३ माघ २०८२, शुक्रबार
Fri, Jan 16, 2026
SUBSCRIPTION

विषेश महाधिबेशनद्धारा गगन थापा सभापतिमा चयन, निर्वाचन सम्मुखमा काँग्रेस गम्भीर विवादमा

महाधिवेशनमा ५६ प्रतिशत प्रतिनिधि सहभागी भएको दावी गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि नेपाली कांग्रेस निर्वाचनको मुखैमा आएर गम्भीर विवादमा फसेको छ ।
विषेश महाधिबेशनद्धारा गगन थापा सभापतिमा चयन, निर्वाचन सम्मुखमा काँग्रेस गम्भीर विवादमा

काठमाडौ । पार्टी संस्थापनसंग सहमति खोज्ने प्रयास असफल भएपछि नेपाली काँग्रेसको विशेष महाधिवेशनले गगन कुमार थापालाई सभापतिमा चयन गरेको छ । महाधिवेशनमा ५६ प्रतिशत प्रतिनिधि सहभागी भएको दावी गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि नेपाली कांग्रेस निर्वाचनको मुखैमा आएर गम्भीर विवादमा फसेको छ । पार्टीको औपचारिक विभाजनअघि अब कुन समूहले पार्टीको आधिकारिकता पाउने हो भनेर सबैको चासो निर्वाचन आयोगतिर अघि बढेको छ । 
सभापति शेरबहादुर देउवा पक्षले विषेश महाधिवेशनलाई अवैधानिक भन्दै महामन्बीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निस्कासन गरेपछि विशेष महाधिवेशनपक्षधरले नयाँ नेतृत्व चयन गरेको हो । 
दुवै पक्षले निर्वाचन आयोगमा आ–आफ्नो दाबी पेश गरीसकेका छन् । सहमतिको प्रयासमा जारी महाधिवेशन लम्ब्याउदै गरिएका प्रयास असफल भएपछि विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नेपाली समय अनुसार बुधबार राती नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । 
नवनिर्वाचित कार्यसमितिमा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् । यस्तै महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई निर्विरोध चयन गरेको छ । सहमहामन्त्रीमा डिला संग्रौला (महिला), प्रकाश रसाइली (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशमशेर जबरा (खस आर्य), मुक्ताकुमारी यादव (मधेशी), फरमुल्लाह मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भएका छन् । विशेष महाधिवेशनले १२१ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ ।
सभापतिमा निर्वाचित भएपछि थापाले पार्टीमा शेरबहादुर देउवाको अध्याय टुंगिएको उद्घोष गरे । उनले कांग्रेस गुटबाट मुक्त भएको बताए । ‘कांग्रेसका सबै क्रियाशील सदस्य र सभापति बराबर रहने नयाँ परम्परा सुरु भएको छ,’ उनले भने ।

प्रतिक्रिया