०३ माघ २०८२, शुक्रबार
Fri, Jan 16, 2026
SUBSCRIPTION

मेयर मामदानी ज्याक्सन हाइट्समा: कमिसन अन ह्युमन राइट्समा क्रिस्टिन क्लार्क

मेयर मामदानी ज्याक्सन हाइट्समा: कमिसन अन ह्युमन राइट्समा क्रिस्टिन क्लार्क

न्यू योर्क। मेयर जोहरान मामदानीले एनवाईसी कमिसन अन ह्युमन राइट्स क्रिस्टिन क्लार्कलाई चेयर एन्ड कमिस्नर घोषणा गरेका छन। उनले बुधबार (जनवरी ७) ज्याक्सन हाइट्समाको डाइभर्सिटी प्लाजामा एक कार्यक्रम आयोजना गरि  क्लार्कलाई कमिसनको नेतृत्व सुम्पेको घोषणा गरेका हुन्।  

क्लार्क लीगल सर्भिसेस एनवाईसी मा लामो समयदेखि नागरिक अधिकारसम्बन्धी काम गर्दै आएकी कानुन विज्ञ हुन्। उनले कार्यक्रममा कमिसनको कामलाई छिटो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्।

क्लार्कले विशेषगरी विभेदसम्बन्धी उजुरीहरूमा हुने ढिलाइ घटाउने प्राथमिकता राख्ने बताइन्। उनले “केस फाइल गरेपछि वर्षौं कुर्नु नपरोस्” भन्ने उद्देश्य राखेको उल्लेख गर्दै निर्णय प्रक्रिया छिटो बनाउने संकेत गरिन्।

लीगल सर्भिसेस एनवाईसी ले पनि क्लार्कको अनुभवलाई जोड दिँदै, उनले “इमिग्रेन्ट” र “लिमिटेड–इङ्लिस प्रफिसेन्सी” भएका समुदायका लागि “ल्याङ्ग्वेज एक्सेस” लगायत नागरिक अधिकारका मुद्दामा काम गरेको उल्लेख गरेको छ। क्लार्कले भनिन, “भाषा, धर्म, अपाङ्गता, जाति, जेण्डर आइडेन्टिटी, सेक्सुअल ओरिएन्टेसन लगायतका कुनै आधारमा पनि भेदभाव सह्य हुँदैन।” उनले सबै न्यू योर्कवासीका लागि काम गर्ने प्रतिबद्धता जनाइन।।

कार्यक्रममा “मेयर्स अफिस टु प्रोटेक्ट टेन्यान्ट्स”को नेतृत्वमा ल्याइएकी सिआ वेभर सम्बन्धी विवादबारे प्रश्न उठेको थियो। मेयर मामदानीले वेभरको बचाउ गरे। उनले “टेन्यान्ट्सका लागि उभिने मानिस” चाहिएको भन्दै वेभरको नियुक्ति उचित भएको तर्क गरे।

जनवरी ७ कै अर्को घोषणा अनुसार, सिटी हलले सिमोनिया ब्राउनलाई सिनियर एडभाइजर फर पोलिसी एन्ड स्ट्राटेजी नियुक्त गरेको पनि जनाएको छ। यो भूमिका मेयरको अफोर्डेबिलिटी एजेन्डामा अल्बानी सँग समन्वय बढाउन केन्द्रित हुने बताइएको छ।

प्रतिक्रिया