न्यू योर्क । यो वर्ष सिटी मार्शलहरूले हरेक महिनामा करिब एक हजार पाँच सय भाडावालालाई कोठाबाट निकालेका छन। यो २०१८ पछि सबैभन्दा उच्च मासिक निस्कासन दर हो। जनवरी १ देखि अगस्ट १५ सम्म ११ हजार दुई सय ५३ परिवार निस्कासित भएका छन।
कम्प्ट्रोलरको कार्यालय अनुसार भाडावाला निस्कासन महामारी स्तरतिर बढ्दैछ।
२०२१ देखि घरधनीहरूले करिब चार लाख ९७ हजार परिवार निस्कासन सम्बन्धी मुद्दा दर्ता गरेका छन्। त्यसमा ब्रोंक्स सबैभन्दा अगाडि छ। त्यहाँ गत वर्ष त्यहाँ 9% भन्दा बढी घरले अदालतबाट ‘नोटिस’ पाएका थिए।
धेरै मुद्दा निस्कासन आदेशमा पुग्दैनन्। दस प्रतिशत भन्दा कम मुद्दा मात्र निस्कासन आदेशमा टुंगिन्छ। तर मुद्दा संख्या धेरै भएकाले अदालत र परिवार दुवैमा चाप बढेको छ।
विशेषज्ञहरूका अनुसार महामारीपछि थन्किएका मुद्दा, उच्च भाडा, र कमजोर आय कारण मुद्दाको संख्या बढेको हो। प्रिन्सटन एभिक्शन ल्याबले भाडामा बस्ने धेरै परिवार सानो आर्थिक झट्कामै मुद्दामा पर्ने जोखिम भएको चेतावनी दिएको छ।
यसैबीच तथ्याङ्कहरूले भाडामा बस्नेहरूको कानुनी सहायता धेरै घटेको देखाउँछ। राईट-टु -काउन्सिल आर्थिक वर्ष २०२४ मा करिब ४२ प्रतिशत झर्यो। यो संख्या २०२५ का केही महिनामा करिब ३० प्रतिशतमा साँघुरियो। तर न्यू योर्क सिटी कम्प्ट्रोलरका अनुसार ८९ प्रतिशत् परिवार, जसले पूर्ण कानुनी सहायता पाए, उनीहरू निस्कासनबाट जोगिए।
कम्प्ट्रोलरको कार्यालय अनुसार भाडावाला निस्कासन महामारी स्तरतिर बढ्दैछ।




प्रतिक्रिया