न्यू योर्क। अमेरिकाको न्यू योर्कमा भएका नुवाकोटबासीहरुको संस्था ‘फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका’ फोन्नाको अध्यक्षमा भुवनमान डंगोल सर्वसम्मत चयन भएको छ ।
अगष्ट ३ तारिखमा क्विन्स ब्रिज पार्कमा भएको दोश्रो अधिवेशनले भुवनमान डंगोललाई फोन्नाको अध्यक्षमा सर्वसम्मत चगन गरेको हो । नव निर्वाचित अध्यक्ष भुवनमान डंगोल लगायत कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाई संस्थाको संरक्षक विज्ञान खनालले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उपाध्यक्षमा लीला अर्याल, सचिवमा अर्जुन बगाले, कोषाध्यक्षमा रसिला पाण्डे चयन भएका छन् । सदस्यहरूमा दिपक पण्डित, रामेश्वर खनाल, देवेन्द्र लामा, इन्द्र प्याकुरेल, भवानी पाण्डे, राज लामिछाने, कुमार तिमिल्सेना रहेको छन् । संस्थाको स्थाई प्रवक्ताको रुपमा योगेश आदीलाई चयन गरेको छ।
संस्थाका निवर्तमान अध्यक्ष बिष्णु राना मगरले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने र भेलामा उपस्थित हुने सबैप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकाले पूर्व अध्यक्ष बिष्णु राना मगरलाई उपस्थित सम्पूर्णले सम्मान व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष डंगोलले संस्थाले आगामी दिनमा थप कर्यक्रमहरु र नुवाकोटको चासो र सरोकारमा कार्य गर्न जिल्ला कार्यदल समेत संचालन गर्ने प्रतिबद्दता व्यक्त गरे । कार्यक्रममा जिल्लावासीहरुले वनभोज तथा नाचगान गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।





प्रतिक्रिया