२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

एनआरएनएमा तत्काल एकता कायम गर्न अभियन्ताहरुद्धारा नेतृत्वलाई चेतावनी, विवादले संस्थाप्रति बितृष्णा बढाएको गुनासो

एनआरएनए अमेरिकाको सूर्य लम्साल समुहले जुन २१ मा न्यूयोर्कको ज्याकसन हाइटमा आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रममा समुदायका अगुवाहरुले एनआरएनए अन्तर्राष्ट्रिय समितिमा शेष घले समूहबाट केही महिनाअघि अध्यक्षमा निर्वाचित महेश श्रेष्ठ तथा अन्य पदाधिकारीहरुलाई साक्षी राखेर तत्काल एकताको पहल गर्न दवाव दिएका हुन् ।
एनआरएनएमा तत्काल एकता कायम गर्न अभियन्ताहरुद्धारा नेतृत्वलाई चेतावनी, विवादले संस्थाप्रति बितृष्णा बढाएको गुनासो

 

न्यूयोर्क । एनआरएन अभियन्ता तथा नेपाली समुदायका अगुवाहरुले एनआरएनएको नेतृत्वको कमजोरीका कारण विदेशमा रहेका नेपालीहरुको शीर निहुरिनुपर्ने अवस्था आएको भन्दै तत्काल विवाद अन्त्य गरी एकता कायम गर्न चेतावनी दिएका छन् । उनीहरुले विदेशमा रहेका लाखौं नेपालीहरुले नेतृत्व चयन गर्नुपर्नेमा अदालतको परमादेश र दलका नेताहरुको निगाहमा नेतृत्वमा पुग्दा एनआरएन अभियानका मुद्दाहरु ओझेलमा परेको दुखेशो समेत गरे । 
एनआरएनए अमेरिकाको सूर्य लम्साल समुहले जुन २१ मा न्यूयोर्कको ज्याकसन हाइटमा आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रममा समुदायका अगुवाहरुले एनआरएनए अन्तर्राष्ट्रिय समितिमा शेष घले समूहबाट केही महिनाअघि अध्यक्षमा निर्वाचित महेश श्रेष्ठ तथा अन्य पदाधिकारीहरुलाई साक्षी राखेर तत्काल एकताको पहल गर्न दवाव दिएका हुन् । 
एनआरएन अभियन्ता तथा एनआरएनए न्यूयोर्क च्याप्टरका पूर्वसचिव बासु लामिछानेले राजनीतिक दलका नेताहरुको गुलामी गरेर पदको लबिङ गर्ने काम एनआरएनएको नेतृत्वले तत्काल छाड्नु पर्ने बताए । विदेशमा बस्ने लाखौं नेपालीले चुनेर चयन गरिनुपर्ने नेतृत्व अदालतको परमादेशले निर्वाचित गरिनु पर्ने र प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले चयन गरिदिनुपर्ने अवस्थाले संस्था कमजोर भएको उनले बताए । सबैजना एउटै टेबलमा बसेर छलफल गर न, सहमति भइहाल्छ नि किन जाने देउवा, केपी ओली र प्रचण्डकोमा लामिछानेको प्रश्न छ । “पदको लागि गुलामी गर्न नेताकोमा जानु भन्दा एक कार्यकाल सबैजना बाहिर बसौं न, पदको मोह त्यागौं न, सहमति भैहाल्छ नि,” लामिछानेले भने । 

कार्यक्रममा रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेश भट्टले एनआरएनको अधिकारको बारेमा समुदायका सदस्यहरुले विभिन्न प्रश्न गर्दा जवाफ दिन नसकेको बताए । नेतृत्वको कमजोरी कै कारण यस्तो अवस्था आएको उल्लेख गर्दै भट्टले गैर आवसीय नेपालीले पाएको संबैधानिक अधिकार समेत लिन नसकिनु बिडम्बनापूर्ण भएको बताए । “आफ्नो आफ्नो एजेण्डा हैन, समुदायको एजेण्डा बोकौं, तत्काल एकता गरौं र संविधानले दिएको अधिकार लिऔं,” भट्टले भने, सेकेण्ड जेनेरेशनलाई एनआरएन मुभमेन्टमा ल्याउन ढीलो भइसक्यो । ” 
आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङले टुटफुटको अवस्थाले कुनै पनि समाजलाई राम्रो नगर्ने भन्दै अमेरिकामा रहेका अधिकाँश नेपाली संघसंस्थाहरु मै यो रोग देखिने गरेको बताए । गैर आबसीय नेपालीलाई आवश्यक अधिकार नदिदा नयाँ पुस्तामा देशप्रतिको अपनत्व कायम गराउन समेत समस्या उत्पन्न हुन सक्ने अध्यक्ष गुरुङको भनाई थियो । 
एनआरएन न्यूयोर्क च्याप्टरका महिला उपाध्यक्ष लक्ष्मी थापाले एनआरएनएमा विभाजित भएकै कारण उपलब्धिहरु हासिल हुन नसकेको भन्दै दशवर्षे निशुल्क भिषाको प्रावधान राखेर विदेशमा रहेका नेपालीको खिल्ली उडाउने काम नेपाल सरकारले गरेको बताए । आफु आफुमै लडेर केही हासिल हुँदैन तत्काल एकता हुनुको बिकल्प छैन, थापाले भनिन् । 

संस्थामा आएको विभाजनको असरले विदेशमा बस्ने नेपालीहरुले स्वदेशमा जाँदा अपमानित हुने व्यवहार भोग्नु परेको गुनोसो थियो बाग्लुङ समाजको अध्यक्ष गौरी शर्माको । नेपाल सरकारले आफ्नो नागरिकको मूल नागरिकता छिनेर लिने र कागजको खोस्टोको रुपमा एनआरएन नागरिकत दिदा पनि विभाजनमा रमाइरहेका नेतृत्वले प्रभावकारी रुपमा दवाव दिन नसकेको शर्माले बताए ।

जमैका नेपाली सोसाइटीका अध्यक्ष कृष्ण आचार्यले एनआरएन नेतृत्वमा तत्काल एकता हुनुपर्ने बताए । सेकेण्ड जेनेरेशनलाई एनआरएनमा जोडिन आग्रह गर्दा किन जाने भनेर प्रतिप्रश्न गर्छ, अधिवेशन हुन लागेपनि कुन गुटको हो भन्ने अन्योल छ, यो अवस्था तत्काल हट्नुपर्दछ, आचार्यले भने । 
संस्थामा आएको विभाजनको असरले विदेशमा बस्ने नेपालीहरुले स्वदेशमा जाँदा अपमानित हुने व्यवहार भोग्नु परेको गुनोसो थियो बाग्लुङ समाजको अध्यक्ष गौरी शर्माको । नेपाल सरकारले आफ्नो नागरिकको मूल नागरिकता छिनेर लिने र कागजको खोस्टोको रुपमा एनआरएन नागरिकत दिदा पनि विभाजनमा रमाइरहेका नेतृत्वले प्रभावकारी रुपमा दवाव दिन नसकेको शर्माले बताए । सात समुद्रपारी आएपछि पनि नेपाल कै राजनीतिमा अल्झेर चिराचिरा हुने गरेको भन्दै संविधानमा उल्लेख भएको अधिकार समेत लिन नसक्नेहरुमा कहिले सद्बुद्धि पलाउने होला भन्दै शर्माले निराशा प्रकट गरे । 

एनआरएन अमेरिकाका आरसीसी अध्यक्ष आङछिरिङ शेर्पाले लामो समयदेखि गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समितिमा आएको विभाजनले ठूलो अन्योलता ल्याइदिएको भन्दै तत्काल एकता हुन जरुरी रहेको बताए । पहिला पहिला एनआरएनए सदस्य भन्दा गर्वको महशुस हुनेमा अहिले लाज लाग्नुपर्ने अवस्था आएको अध्यक्ष शेर्पाले सुनाए ।  
 एनआरएन अमेरिकाका डिआरसी संजीव श्रेष्ठले तत्काल मिल्नुको विकल्प नरहेको बताए । पूर्व अध्यक्षहरुको चलखेल बन्द गर, नेताको घर घरमा धाउन छाडेर आफु आफु नै एउटै टेबलमा बसेर कुरा गरौं, मिल्नुको बिकल्प छैन, श्रेष्ठले भने । वार्षिक १६ हजार सदस्यले नविकरण गर्ने संस्थामा अहिले मुस्किलले २ हजारले नविकरण गरेको छ, यो संस्थाप्रतिकै चरम वितृष्ण हो यसको तत्काल अन्त्य जरुरी छ, श्रेष्ठको भनाई थियो । 
एनआर एन अमेरिकाका पूर्व बोर्डसदस्य दुर्गबहादुर श्रेष्ठले नागरिकताको विषयमा दवाव दिने र अन्य सरोकारको विषयलाई प्राथमिकता नदिएर फुटतिर लाग्नु अत्यन्त दुखद भएको बताए । संस्थालाई फेरी गौरव महशुस गर्ने अवस्थामा ल्याउन सकिन्छ, अमेरिकाबाट एकताको सन्देश विश्वभर फैलाउ, सबैले त्याग गरेर संस्थामा एकताबद्ध गरौं, उनको आग्रह थियो । 
सो अवसरमा जनसंपर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्बाङ, केन्द्रीय सदस्य गौतम दाहाल, धादिङ समाजको अध्यक्ष टेक अवाले, स्याङजा समाजका अध्यक्ष दिनेश भण्डारी, एनआरएनए अमेरिकाका बरिष्ट उपाध्यक्ष नवराज सुवेदी, उपाध्यक्ष अनिता परियार लगायतले पनि एनआरएनएमा तत्काल एकता जरुरी रहेको बताए । एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्सालले भने विगत देखि नै संस्थामा फुट आउनु हुन्न भन्ने पक्षमा आफु रहेको उल्लेख गर्दै अमेरिकामा भएको एकताबाट विश्वका अन्य देशमा पनि एकताको सन्देश जाने विश्वास व्यक्त गरे । 

अध्यक्ष महेश श्रेष्ठले एनआरएनएमा एकता गर्नका लागि आफु संधै तयार रहेको उल्लेख गर्दै डा. बद्री केसीपक्ष पनि लचकता हुनुपर्ने औल्याए । संस्थालाई एकताबद्ध पार्ने अभियानकै क्रममा अमेरिकामा आएको जानकारी दिदै अन्यदेशहरुमा रहेको विवाद पनि मिलाउदै जाने र आइसीसीको विवाद समाधानका लागि पनि हरदम प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नवनिर्वाचित आइसीसी महासचिव बिआर लामाले नागरिकता समस्याको समाधानको लागि नेपाल सरकारले नियमावलीको मस्यौदा गरिरहेको जानकारी दिदै विज्ञहरुसंग छलफल गरेर एनआरएनको सवालहरुलाई समेटेर कानून बनाउन पहल गर्ने बताए । यस्तै न्यूयोर्कका बरिष्ठ कानून व्यवसायी खगेन्द्र जिसीले नेपाल सरकारले अहिले मस्यौदा गरेको कानूनमा पनि विभिन्न त्रुटीहरु रहेकोले त्यसलाई सच्याउन सकेमा मात्र गैरआवसीय नेपालीले भनेको जस्तो नागरिकता पाउन सकिने बताए । 
सर्वोच्च अदालतको आदेश अनुसार भएको अधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले एनआरएनएमा एकता गर्नका लागि आफु संधै तयार रहेको उल्लेख गर्दै डा. बद्री केसीपक्ष पनि लचकता हुनुपर्ने औल्याए । संस्थालाई एकताबद्ध पार्ने अभियानकै क्रममा अमेरिकामा आएको जानकारी दिदै अन्यदेशहरुमा रहेको विवाद पनि मिलाउदै जाने र आइसीसीको विवाद समाधानका लागि पनि हरदम प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया