न्यु योर्क। आप्रवासीको पक्षमा गरिएको आन्दोलन नियन्त्रण गर्न लस एन्जलसमा सेना परिचालन गरिएको छ। सञ्चारमाध्यमहरूले जनाए अनुसार पेन्टागनले लस एन्जलस क्षेत्रमा सात सय मरिन (नौसेना) परिचालन गरेको पुष्टि गरेको छ।
आन्दोलनका क्रममा ठाउँ ठाउँमा आगजनी भएका छन्। सवारी साधन जलाइएका छन्। सयौँ गिरफ्तारीमा परेका छन्। सरकारले लस एन्जलसको आन्दोलन गैरकानूनी भएको प्रतिक्रिया दिएको छ। घरेलु कानून व्यवस्थापनको मामिलामा सेना परिचालन हुनु अमेरिकामा असामान्य घटना हो।
उता राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलन नियन्त्रण गर्न नेशनल गार्ड परिचालन गर्ने निर्णयको बचाउ गरेका छन्। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम ट्रम्पको नेशनल गार्ड परिचालन निर्णय विरुद्ध अदालत गएका थिए। त्यसपछि आन्दोलन नियन्त्रण गर्न मरिन परिचालन गरिएको हो।
इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले लस एन्जलस क्षेत्रमा आप्रवासी पक्रिन छापा हान्ने क्रम तीब्र पारेपछि त्यस विरुद्ध शुक्रबारदेखि आन्दोलन सुरु भएको थियो। त्यसलाई नियन्त्रण गर्न ट्रम्प प्रशासनले दुई हजार नेशनल गार्ड परिचालन गरेको थियो। ट्रम्पको उक्त निर्णय विवादमा परेको थियो।

प्रतिक्रिया