०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नेजाको नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा ।

नेजाको नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा ।

 

न्यू योर्क नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।  यही मे १० ११ मा नेभाडा राज्यको लस भेगस सहरमा हुने नवों अधिवेशन तथा १८ औं साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको कन्भेनर रोशन अधिकारीले जानकारी दिए उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था नेजाको अधिवेशनको उद्घाटन सत्रमा अतिथि पत्रकारहरू गरी सय जनाको सहभागिता रहने कन्भेनर अधिकारीले बताए अधिवेशनको प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा अमेरिका आइसक्नुभएको कन्भेनर अधिकारीले जानकारी दिए  

नेजाको नवौं अधिवेशन प्रक्रियामा सहभागी हुन ८१ जना सदस्यले रजिस्ट्रेसन गरेको महासचिव बाबुराम दाहालले जानकारी दिए अधिवेशनका क्रममा नेजाको वार्षिक प्रकाशनप्रयासको प्रकाशन गर्नुका साथै पत्रकारिता पुरस्कार पत्रकारिता सम्मान समेत वितरण गरिने महासचिव दाहालले बताए मे १० मा हुने उद्घाटन सत्रमा नेपाल अमेरिकाका विभिन्न संघ संस्थाबाट प्रतिनिधीहरु अतिथिको रुपमा सहभागी हुने छन्

अधिवेशन लस भेगसको प्यालेस स्टेसनमा हुनेछ नेजाको अधिवेशनलाई लिएर लस भेगसका नेपाली समुदायले पनि सक्रिय रुपमा सहयोग गरिरहेका नेजाले जनाएको  

एनआरएनए अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले नेजाको यो अधिवेशनलाई लस भेगसको नेपाली समुदायले निकै महत्वका साथ हेरिरहेको बताउँदै नेजाको अधिवेशनमार्फत लस भेगसको नेपाली समुदायको गतिविधि बाहिर लैजान सहज हुने विश्वास व्यक्त गरे

 

प्रतिक्रिया