२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

(फिप्ना) ले ११५ औं अन्तराष्ट्र्रिय नारी दिवस मनायो : महिला शशक्तिकरण र लैंगिक समानताका लागि घर परिवारबाटै सहयोग गर्नुपर्ने वक्ताहरुको धारणा

(फिप्ना) ले ११५ औं अन्तराष्ट्र्रिय नारी दिवस मनायो : महिला शशक्तिकरण र लैंगिक समानताका लागि घर परिवारबाटै सहयोग गर्नुपर्ने वक्ताहरुको धारणा

 

न्यु योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ११५ औं अन्तराष्ट्र्रिय नारी दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको छ। क्वीन्सको एल्म्हस्र्ट अस्पतालको अडिटरियम हलमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले महिला शशक्तिकरण लैंगिक समानताका लागि घर परिवारबाटै सहयोग गर्नुपर्ने धारणा राखे। कार्यकममा सहभागी वक्ताहरुले आफ्नो अनुभव संघर्षको कथा सुनाएका थिए। एनवाइसी नेपाल न्युज डटकमका सम्पादक मच्छेदेवी गुरुङले आफ्नो उपथिति नभए सम्म आवाज विहिनहरुको आवाजलाई समेटन समुदायको आवाज उठाउन नसक्ने भएकोले आफुले पत्रकारिता पेशामा संलग्न रहेको बताए। पत्रकारितामा आदिवासी जनजाति महिला सहभागीताको लागि परिवार समुदायले नै सहयोग गर्नुपर्ने गुरुङको भनाइ छ। फरक समुदायका महिलाका समस्या फरक फरक हुने भएकोले विभिन्न समुदायका महिलाको मुद्धा फरक ढंगले नै सम्बोधन गर्नु पर्ने बताए। सम्पादक गुरुङले पत्रकारिता पेशा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै नेपालमा राजावादीले गरेको आन्दोलनमा कर्तव्य पालन गर्ने क्रममा पत्रकार सुरेश रजकको मृत्युको घटना क्रुर  र  निन्दनिय भएको भन्दै भत्र्सना गरे। समुदायलाई सूचनामार्फत सुसुचित गर्नका लागि एनवाइसीनेपाल डटकम शुरुवात गरेको बताइन् महिलाको शशक्तिकरणका लागि सबैले एकै ठाउँमा आएर सधै साथ सहयोग प्रोत्साहन गर्न अनुरोध गर्दै समुदायको हितको लागि सम्पूर्ण समुदायलाई एक साथ उभिनको लागि अनुरोध गरे  

अर्का वक्ता डा. सुलोचना गुरुङले आफुले डाक्टरको रुपमा काम गर्नका लागि थुपै्र चुनौतीहरुको रहेको उल्लेख गर्दै एक अर्कालाई सहयोग गर्नका लागि नेटवर्किङ गर्नु उपयोगी हुने बताए। गएको बर्षदेखि दन्त चिकित्सकको रुपमा काम गर्दै आएकी डा. सुलोचनाले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नको लागि सुझाव दिइन्। आफ्नो पेशामार्फत नेपाली समुदायलाइ केन्द्रित गरेर काम गर्दा नेपाली समुदायसँग जोडिने अवसर पाएकोमा खुशी व्यक्त गरिन्।

न्यु योर्क स्टेट डिष्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन राँगाको कार्यालयमा डिष्ट्रिक्ट डाइरेक्टरको रुपमा कार्यरत डोल्मा लामाले आफु टिनेजमा नै अमेरिका आउँदा आफुलाई कल्चरल सक भएको अनुभव सुनाइन्। पहिले देखि नै महिला समुदायको लागि काम गर्ने इच्छा भएकोले समुदायको लागि नै काम गर्न पाउँदा आफुलाई गर्व लागेको बताइन् लामाले वर्तमान परिस्थितिमा प्रवासी समुदायले एकदमै सचेत भएर हिंड्नको लागि सुझाव दिइन्। लामाले नेपाली अमेकिन समुदायले अन्य संघसंस्थाहरुसँग नेटवर्क बनाएर काम गर्नु पर्ने बताए।

एनआरएनए न्यू योर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापाले नेपाली महिलाले घरेलु हिंसाको शिकार बन्नु परेको उल्लेख गर्दै हरेक मध्ये महिला घरेलु हिंसाको शिकार बनेको बताए। महिला शशक्तिकरणको अभियानलाई सबैले साथ दिनु पर्ने महिलालाई महिलाले नै सहयोग गर्नु पर्ने तर्क गरे। 

समाजसेवी तथा युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका (युक्रा) का पुर्व केन्द्रिय अध्यक्ष मुना राई गुरुङले महिला शशक्तिकरणको लागि दाजुभाइहरुले गरेको सहयोगको लागि धन्यवाद दिदै सबैले सहयोग गर्नुपर्ने बताए। सबै महिलाहरुले छोरीहरुलाई संस्कार सिकाइरहँदा बुबाहरुले पनि राम्रोसँग सम्मान सहयोग गर्न सके समतामुलक समाज निर्माण गर्न सकिने उनको भनाइ छ। समाजसेवी राइले फिप्नाले युवाहरुलाई केन्द्रित गरेर कार्यक्रमहरु ल्याउनको लागि अनुरोध गरिन्। 

अध्यक्ष तोरण गुरुङले परापुर्वकालमा महिलाहरुले अत्यन्तै कष्टपूर्ण जीवन भोगेका चर्चा गर्दै महिला शशक्तिकरणका लागि सबै दाजुभाइ तथा दिदी बहिनीहरुले सहयोग गर्नु पर्ने बताए। अध्यक्ष गुरुङले कार्यक्रममा सहभागी वक्ताहरुलाई आफ्नो अनुभव सुझावको लागि धन्यवाद व्यक्त गर्दै महिलाको समान अधिकारको लागि पुरुषहरुले सम्मान सहयोग गर्नुपर्ने धारणा राखे। 

महिला उपाध्यक्षमा ममता राईले उपस्थित सबैलाई स्वागत गर्दै कविता मार्फत महिलाहरु जुनसकुै काम गर्न पनि सक्षम रहेको बताए। महासचिवमा दिपक चौधरीले शुरुमा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको शुरुवात गरेका थिए फिप्नाका सचिव तथा कार्यक्रम संयोजक शान्ति गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। सचिव गुरुङले महिलाले अझै पनि अधिकार सुनिश्चित नभएकोले महिला शशक्तिकरणका लागि घरबाट नै दाजुभाइ, बुबा आमाले हौसला प्ररणा दिनु पर्ने धारणा राखे। 

 नेपाली अमेरिका कलाकार संघका अध्यक्ष वसन्ती राईले महिला बालकालिकाको योगदानको कदर गर्दै लैंगिक समाताको लागि सबैले एकसाथ काम गर्नु तर्क गरे। 

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी थिए। 

प्रतिक्रिया