०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

जोन एफ केनेडी हत्या सम्बन्धी गोप्य ‘फाइल’ सार्वजनिक

जोन एफ केनेडी हत्या सम्बन्धी गोप्य ‘फाइल’ सार्वजनिक

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जोन एफ केनेडी हत्यासँग सम्बन्धित गोप्य फाइल सार्वजनिक गरेका छन्। उनले मार्च १८ मा ती फाइल सार्वजनिक गरेका हुन्। 

हजारौं पृष्ठ लामा र असम्पादित ती फाइलमा के छ भन्ने खुलिसकेको छैन। तर, ती फाइलमा के छ भन्ने पत्ता लगाउन इतिहासकार, विभिन्न व्यक्ति र सङ्घसंस्थाले अध्ययन गरिरहेका छन्। ट्रम्पले गत जनवरीमै जोन एफ केनेडी, उनका भाइ सिनेटर रबर्ट एफ केनेडी र नागरिक अधिकार आन्दोलनका अगुवा मार्टिन लुथर किङ जुनियरको हत्याको गोप्य फाइल सार्वजनिक गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। 

जोन एफ केनेडीको हत्या नोभेम्बर २२, १९६३ मा डालसमा भएको थियो। हत्याका बेला उनी गाडीमा थिए। उनको हत्यामा लि हार्भी अस्वाल्डलाई दोषी पाइएको थियो। उनले आफ्नो स्वविवेकले हत्या एक्लै गरेको बताएका थिए। गोप्य फाइल खुलेपछि पूर्व राष्ट्रपति केनेडीको हत्या योजनामा अस्वाल्ड एक्लै थिए वा अरु पनि थिए भन्ने खुल्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया