न्यू योर्क । युनाइटेड शेर्पा एसोसिएसन इंक (शेर्पा किदुग) न्यू योर्कको अध्यक्षमा पुनः इन्जिनियर तेम्बा शेर्पा विजयी भएका छन्। शेर्पा किदुगको १४ र्औ अधिवेशनले शेर्पालाई दोश्रो कार्यकाल (२०२५ — २०२७ ) को लागि अध्यक्षमा निर्विरोध चयन गरेको हो । महासचिवमा लाक्पा तेन्जी शेर्पा चयन भएका छन्। उपाध्यक्ष तथा खेलकुद संयोजकमा पासाङ शेर्पा पिनासा चयन भएका छन् ।
कोषाध्यक्षमा दोजी शेर्पा, सहकोषाध्यक्षमा मिङ्मार शेर्पा चयन भएका छन्। त्यस्तै किदुगको प्रवक्तामा फारा डेण्डी (लामा) शेर्पा, रिगसुङ साँस्कृतिक केन्द्रको संयोजकमा पेम्बा शेर्पा, जन सम्पर्क संयोजकमा पासाङ सालाका शेर्पा, धार्मिक संयोजकमा ङ्वाङ जिम्पा शेर्पा, स्वयंसेवक संयोजकमा डेनी जी. शेर्पा, कार्यसमिति सदस्यमा सार्की शेर्पा (दोलखा) चयन भएका छन्। निर्वाचन समितिको संयोजक फुरी शेर्पाले किदुगको नयाँ कालका लागि मुख्य पदहरुमा निर्विरोध चयन भएको जानकारीदिएको हो । यसैबीच नयाोँ कार्यसमितिले पद तथा गोपनियताको सपथ लिई कार्यभार सम्हालेको किदुगले जनाएको छ ।
रिक्त सचिव पद र अन्य कार्यसमिति सदस्यहरु कार्यसमितिले चयन गर्ने छ।
किदुगले शेर्पा समुदायको भाषा, धर्म, संस्कार र संस्कृति जगेर्ना गर्नका लागि धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गदै आएको छ । किदुग न्यू योर्कमा रहेका शेर्पा समुदायको साझा संस्था हो।





प्रतिक्रिया