०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

त्रिवेणी टाइम्स द्वारा सम्पादक मच्छेदेवी सहित ९ महिला सम्मानित

त्रिवेणी टाइम्स द्वारा सम्पादक मच्छेदेवी सहित ९ महिला सम्मानित

न्यू योर्क।  ११५ औं अन्तराष्ट्र्रिय नारी दिवसको अवसरमा त्रिवेणी टाइम्सले एनवाइसी नेपाल न्युज डटकमकी सम्पादक मच्छेदेवी गुरुङ सहित जना महिलाहरूलाई सम्मान गरेको छ। न्यू योर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले महिला अधिकार महिला शशक्तिकरणमा योगदान गरेको भन्दै नेपालसहित विभिन्न राष्ट्रका प्रतिभाशाली महिलाहरुलाई सम्मान गरेको हो।

विभिन्न क्षेत्रमार्फत महिलाको हक, अधिकार शशक्तिकरणमा योगदान पुरयाएको भन्दै सम्पादक गुरुङसहित जना महिलाहरुलाई सम्मान गरेको हो।

कार्यक्रममा त्रिवेणी टाइम्स विशेष ट्रफी तथा न्यु योर्क स्टेट डिष्ट्रिक्ट ३८ का एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारले महिलाको शशक्तिकरणमा पुरयाएको योगदानको कदर स्वरुप प्रोक्लेमेसन तथा ट्रफी प्रदान गरिएको थियो। त्रिवेणी टाइम्सका संस्थापकहरु नवराज केसी तथा खाम भट्टले सम्मानित हुने महिलाहरुलाई ट्रफी प्रदान गरेका थिए भने एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारका कार्यालयका प्रतिनिधीले विशेष सम्मान पत्र प्रोक्लेमेसन प्रदान गरेका थिए। 

संस्थापक नवराज केसीले महिला अधिकार, महिला शशक्तिकरणमा विभिन्न क्षेत्रमार्फत प्रतिभाशाली महिलाहरुले नेपाली डायस्पोरा तथा अन्य समुदायमा पुरयाएको योगदानको कदर गर्दै विभिन्न क्षेत्रका जना प्रतिधाशाली महिलाहरुलाई सम्मान गरेको बताए।

सम्मानित हुनेहरुमा सम्पादक गुरुङ, न्यु योर्क मेयर अफिसका साउथ एशिएन कम्युनिटी लियजन सुकरानी धनपत, डा. जुडिथ नारायण, डा. मरियम सिंह, डा. हेलेन अर्टेगा, श्रेया गिरी, चेरी एन चिश्ती, ग्लेडिस रामिरेज तैबा अहमद रहेका छन्। सम्पादक गुरुङ लामो समय देखि पत्रकारिता मार्फत महिला बालबालिका, पछाडि पारिएका समुदाय आदिवासी जनजाति तथा सिमान्तकृत समुदायको लागि आवाज उठाउँदै आएकी छन्। नेपाली राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरबाट इन्टर्नसिपबाट शुरु गरेको उनको पत्रकारिता एन्टेना फाउनडेसन नेपाल, रेडियो सगरमाथा, समकोण टेलिभिजन कार्यक्रम, एभरेष्टटाइम्स न्युज हुँदै अहिले एनवाइसीनेपालन्युजडटकम सम्म निरन्तर जारी छ। 

कार्यक्रममा नेपाल अमेरिकन कलाकार संघका अध्यक्ष बसन्ती राई, महादेव त्रिपाठी, शिव विश्वकर्मा, दिनेश सुनार लगायत विभिन्न देशका कलाकारहरूले नेपाली कला संस्कृति झल्कने नृत्य तथा जादु प्रस्तुत गरेका थिए। साथै बंगलादेश लगायत विभिन्न देशका स्थानिय कलाकारहरुले विभिन्न देशका भेषभूषा, भाषा, कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिहरू गरेका थिए। 

त्रिवेणी टाइम्सले समाज राष्ट्रका लागि विशेष योगदान पुर्याउने समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्दै आइरहेको छ। कार्यक्रममा एलिजाबेथ ढकाल र
 डा. शंकर बिसुन्केलाई सम्मान गरिएको थियो।
साथै, कुईन्स बोरो न्युयोर्क सहर कार्यालयका प्रेसिडेन्ट डोनोवन रिचार्ड्स जुनियरद्वारा समाजसेवी डा. शंकर बिसुन्केलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।

 

कार्यक्रममा सामाजिक अभियन्ता बेगम पण्डित युवा सामाजिक अभियन्ता लकेश श्रेष्ठलाई न्यू योर्क सिटीको क्विन्स बोरो अध्यक्षले नेपाली समुदायमा पुरयाएको योगदानको चर्चा गर्दै सम्मान गरेको छ। 

श्रेष्ठलाई न्यु योर्क स्टेट डिष्ट्रिक्ट ३८ का एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारको कार्यालयका प्रतिनिधि तथा त्रिवेणी टाइम्सका संस्थापक केसीले सम्मान प्रदान गरेका थिए। 

श्रेष्ठले नेपाली भेषभूषा, भाषा, कला, संस्कृतिको संरक्षण, संवद्र्धन, तथा प्रवद्र्धन गर्दै विश्व सामु नेपाल चिनाउने अभियानमा लागि परेका छन्। 

२०२२ मा हामी नेपाली ग्लोबलमा आबद्ध श्रेष्ठले सन् २०२३ मा क्यालिफोर्नियाको हलिउडमा आयोजित नेपाल फेस्टिवललाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

 

 

प्रतिक्रिया