न्यू योर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कको म्यानहटन शहरस्थित व्यस्त क्षेत्रमा सवारी चाप घटाउन गत महिनाबाट शुरु भएको शुल्क (कन्जेस्टन प्राइसिङ) खारेज गर्ने निर्णय गरेको छ । ट्रम्प प्रशासनको यातायात मन्त्रीले न्यूयोर्क राज्यको गभर्नरको शुल्क योजना संघीय यातयात मन्त्रालयद्धारा अनुमोदन नभएको जानकारी गराउदै कन्जेस्टन प्राइसिङ खारेज भएको बुधबार जनाकारी गराएको हो ।
यातयातमन्त्री सीन डफीले न्यूयोर्क राज्यको गभर्नर क्याथी होकललाई पत्रमार्फत यस्तो जानकारी गराएको हो । पत्रमा म्यानहटनमा आगन्तुक र व्यवसायहरूको आकर्षण घटाइरहेको, कामकाजी वर्गका न्यूयोर्कबासीलाई आर्थिक भार थप भएको जस्ता कारण पेश गर्दै यसको खारेज भएको औल्याएको छ ।
यता गभर्नर होकलले भने राष्ट्रपतिको यो निर्णयलाई चुनौति दिदै आफु यो निर्णय लागु गर्न कटिबद्ध रहेको जवाफ दिएका छन् । उनले अमेरिका राज्यहरुको देश भएको तर्क पेश गर्दै यहाँ राजाको जस्तो हुकुम मान्य नहुने कडा प्रतिक्रिया समेत दिएका छन् । संघीय मन्त्रीको निर्णय विरुद्ध बुधबार नै मेट्रोपोलिटियन ट्रान्जिट अथोरिटी (एमटीए)ले अदातलमा मुद्दा दर्ता गराएको छ ।
थुप्रै विवादकावीच जनवरी ५ बाट शुरु भएको कन्जेस्टन प्राइसिङ खारेजी गर्ने धम्की ट्रम्पले निर्वाचनका क्रमबाट दिदै आएका थिए । अमेरिकामा नै यो पहिलो पटक शुरु भएको कन्जेस्टन प्राइसिङ म्यानहटन शहरको सिक्टी स्ट्रिटबाट दक्षिण प्रवेश गर्ने सबै सवारीमा लागु भएको थियो । यस योजनाबाट शहरको व्यस्त सडकमा सवारी चाप घटाउने, प्रदुशन नियन्त्रण गर्ने र सार्वजानिक यातयातलाई प्रवर्दन गर्न वार्षिक ९ विलियन डलर संकलन गर्ने गभर्नरको योजना छ ।
संघीय यातायात मन्त्री शीन डफीले गभर्नर क्याथी होचुललाई पत्र लेख्दै यसबारमा जानकारी गराए लगतै राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक संजाल ‘ट्रुथ सोसल’मा “कन्जेस्टन प्राइसिङ मरेको छ, म्यानहटन र सबै न्यूयोर्क बचाए !” भन्दै स्टाटस लेखेका छन् ।
एमटीएले भने कन्जेस्टन प्राइसिङ शुरु भएपछिको प्रारम्भिक प्रभावको रुपमा शहरको व्यस्त क्षेत्रमा ट्राफिक घटेको र यात्रा समय छिटो भएको बताउदै आएको थियो । संघीय सरकारले खारेज भएको घोषणा गरेपनि शुल्क योजना जारी नै रहने र अदालतले गरेको फैसला मात्रै मान्ने न्यू योर्क राज्यका गभर्नरको भनाई छ ।




प्रतिक्रिया