०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

द गुरुङ (तमु) सोसाइटीको माँङी त्ही पर्व तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न

द गुरुङ (तमु) सोसाइटीको माँङी त्ही पर्व तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न

 

न्यू योर्क। गुरुङ (तमु) सोसाइटी इंक युएसएले माँङी त्ही पर्व मनाएको छ। गुरुङ सोसाइटीले आमा दिदीबहिनी तथा चेलीबेटीहरुको सम्मान स्वरुप माँङी त्ही पर्व तथा ल्होछार कार्यक्रममा सहयोग गर्ने कलाकारहरुलाई सम्मान कार्यक्रम गरेर माँङी त्ही पर्व मनाएको हो। सोसाइटीले ज्याक्सन हाइटमा गरेको कार्यक्रममा सबै भन्दा सिनियर क्याप्टेन लोक बहादुर गुरुङ तथा सल्लाहकार खड्कजंग गुरुङले आमा दिदीबहिनी तथा चेलीबेटीहरुलाई मायाको चिनो स्वरुप फुल लगाई दिनुका साथै म्हसी माना प्रदान गरेका थिए। साथै ल्होछारमा स्वयंसेवक गर्ने युवा तथा कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ, अध्यक्ष ओम बहादुर गुरुङ तथा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष तोरण गुरुङले कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरी कलाकारहरु तथा कोरियोग्राफरहरुलाई सम्मान गरेका थिए। 

ल्होछार कार्यक्रममा गुरुङहरुको मौलिक नृत्य बाह्रमासे घाटु तथा अन्य गुरुङ भाषाको गीतहरुमा नृत्य कोरियोग्राफ गरेका कोरियोग्राफर तथा करातेका राष्ट्रिय खेलाडी तथा भुपेन्द्र गुरुङ, चर्चित मोडल तथा नायिका रञ्जिता गुरुङ, चर्चित कलाकार खेम गुरुङ, कलाकार तथा नायिका यन्सर्ज गुरुङ, गोविन्द डान्स सेन्टरका प्रमुख तथा चर्चित नृत्य निर्देशक तथा कोरियोग्राफर गोविन्द राई लगायत कलाकारहरुलाई उहाँहरुको सहयोग तथा योगदानका लागि प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। भुपेन्द्र गुरुङलाई खेल क्षेत्रमार्फत तथा गुरुङहरुको भाषा, कला, संस्कृति जेगेर्ना गर्नका लागि गरेको योगदानको कदर गर्दै न्यू योर्क सिटीद्धारा साइटेसन प्रदान गरिएको थियो। 

 संयोजक तथा सोसाइटीका उपाध्यक्ष लिल गुरुङ, साँस्कृतिक कार्यक्रम संयोजक विन्दु गुरुङ कार्यसमिति सदस्यहरु बुद्दि (भरत) गुरुङ, हिरालाल गुरुङ, भीम गुरुङ, सहकोषाध्यक्ष करुणा गुरुङलाई प्रशांसापत्र प्रदान गरी सम्मान गरिएको थियो आमा टोली राम कुमारी गुरुङ, कमला गुरुङ, गोरी गुरुङ, अमृता गुरुङ, लक्ष्मी गुरुङ, लक्ष्मी गुरुङ थापा निर्मला देवान लिम्बु, स्थानिय बाल कलाकारहरु ओजाश्री गुरुङ, आइना गुरुङ साइना लामा, शिला गुरुङ, रक्षा गुरुङ, इभा श्रेष्ठ, आर्य डोल्मा गुरुङ, सम्राट गुरुङ, आकर्षण गुरुङ, प्रतिभा गुरुङ, सदिया छन्त्याललाई पनि प्रशांसापत्र प्रदान गरी सम्मान गरिएको थियो त्यस्तै स्थानिय कलाकारहरु श्रुती गुरुङ, सुष्मा गुरुङ, केभिन गुरुङ सोमेस गुरुङ, रिदिमा गुरुङ, श्रृंखला पुन, आर्यन्सी थापा करुणा रोका मगर, प्रेम गुरुङलाई प्रशंसापत्र प्रदान गरिएको थियो सुष्मा गुरुङ, सोनिया गुरुङ, तुसना थापा, सुजेना गुरुङ, आङ युटी शेर्पा तथा भान्छा घरका प्रोप्राइटर बिमला हमाललाई पनि सम्मान गरिएको थियो  

मार्सल आर्टस खेलाडी गुरुङले गएको डिसेम्बरमा भएको छैटौं एनुअल बक्स काउन्टी विन्टर मार्सल ट्रेडिसनल आर्टस च्याम्पियनसिपमा ट्रेडिसनल फर्ममा स्वर्ण ओपन फम्समा रजत हिात पारेका थिए। त्यस्तै चाइनिज मार्सल आर्टस फेडरेसन अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागन च्याम्पियनशिपमा दुई रजत पदक प्राप्त गरेका थिए। 

गुरुङहरुको दोश्रो महान तथा पवित्र पर्व माँङी त्ही माघे औंसीको दिन पर्दछ। किंवदन्ती अनुसार माँङी त्हीको खास अर्थ जना कन्या उत्पन्न भएको दिन 

यो पर्वमा दाजुभाइहरुले आमा दिदीबहिनीहरुलाई बोलाई खुवाउने, पियाउने कन्याको पूजा गरी  प्रवचन गर्ने प्रचलन रहेको किंवदन्ती छ।

अध्यक्ष ओम गुरुङले नृत्य निर्देशक, कलाकारहरु, आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण आजीवन सदस्यहरु, व्यवसायीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरे। युवा तथा नयाँ पुस्तालाई सोसाइटीसँग आवद्द गराउनको लागि उनीहरुलाई सोसाइटीको क्रियाकलापमा संलग्न गराउँदै जाने सोसाइटीको उद्देश्य रहेको छ। सोसाइटीका सचिव विजय गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। 

प्रतिक्रिया