न्यू योर्क। नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एशोशिएसनले संस्थाको औपचारिक उद्घाटन कार्यक्रम गर्दैछ। नोभेम्बर २३ तारिख आउने शनिबार न्यू योर्कको क्वीन्समा अवस्थित गुल्सन टेरेशमा गर्न लागेको हो। नेपाली समुदायका सदस्यहरुलाई ल इन्फोर्समेन्ट पेशामा संलग्न व्यक्तिहरुलाई एकै ठाउँमा जोड्ने र नेपाली अमेरिकनहरुलाई यो पेशामा आवद्द गराउन मद्दत गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको एशोशिएसनले जनाएको छ। एशोशिएसनले नेपाली अमेरिकनहरुलाई ल इन्फोर्समेन्ट पेशामा आवद्ध हुन प्रोत्साहन गर्ने तथा नेपाली अमेरिकन समुदायसँग सम्बन्ध विस्तार गरी सामाजिक कार्यमा आवश्यक सहयोग गर्ने जनाएको छ।
संस्थाको संस्थापक अध्यक्षमा सोनाम घिसिङ, उपाध्यक्षमा शम्सेर खत्री, महासचिवमा रञ्जित गौली, सहसचिवमा लोब्साङ फुन्त्सोक, कोषाध्यक्षमा हेमो ओझा, सार्जन्ट एट आम्र्समा दिल प्रसाद थापा रहेका छन्। त्यस्तै कार्यसमिति सदस्यहरुमा सञ्जिप लम्बु, विजय राई, विवेक थापा रहेका छन्। उनीहरु सबै संस्थापक सदस्यहरु हुन्।
५०१ सी (३) अन्तर्गत दर्ता भई सञ्चालनमा रहेको संस्थाले ल इन्फोर्समेन्ट एजेन्सी र नेपाली अमेरिकन समुदायबीच सम्बन्ध बिस्तार गरेर पुलको काम गर्ने उद्देश्य राखेको छ। साथै जनचेतना मार्फत सार्वजनिक सुरक्षा पेशागत अवसरको बारेमा पनि जानकारी दिने आयोजकले जनाएको छ। हाल संस्थामा १ सय जना सदस्यहरु आवद्द छन् भने ४ हजार सपोर्टरहरु जोडिएको एशोशिएसनले जनाएको छ ।





प्रतिक्रिया