०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नेपाल उमा कुङफु संघको अध्यक्षमा सन्जित कुमार राई निर्विरोध

अध्यक्ष चुनिएका राईले सन् २०२४ मा अमेरिकाको न्यूजर्सीमा अवस्थित ट्रोपिकाना सिटीमा भएको ब्याटल अफ ड्रयागन वल्र्ड च्याम्पियनसिपमा १ स्वर्ण पदक जितेका थिए । नवनिर्वाचित अध्यक्ष राइले सन् २०२२ मा स्लोभानियामा भएको वल्र्ड मार्सल आर्टस् च्याम्पियनसिपमा १ स्वर्ण तथा १ कांस्य पदक जितेका थिए।
नेपाल उमा कुङफु संघको अध्यक्षमा सन्जित कुमार राई निर्विरोध

 

काठमाडौं। नेपाल उमा कुङफु संघको अध्यक्षमा सन्जित कुमार राई निर्विरोध चुनिएका छन् संघको आज बुधबार भएको पाँचौं साधारणसभाले सन्जित कुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो। संघको संस्थापक सदस्य राई पछिल्लो कार्यसमितिका उपाध्यक्ष थिए।

केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, भूपेन्द्र गुरुङ, राजदिस नेमकुल अनिमेशलाल श्रेष्ठ चुनिएका छन् महासचिवमा कमल मगर, सचिवमा कृष्णकुमार मगर  कोषाध्यक्षमा सूर्य तामाङ चयन गरिएको छ। कार्यसमिति सदस्यहरुमा  गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ सुजन कक्षपति चयन भएका छन्

अध्यक्ष चुनिएका राईले सन् २०२४ मा अमेरिकाको न्यूजर्सीमा अवस्थित ट्रोपिकाना सिटीमा भएको ब्याटल अफ ड्रयागन वल्र्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए नवनिर्वाचित अध्यक्ष राइले सन् २०२२ मा स्लोभानियामा भएको वल्र्ड मार्सल आर्टस् च्याम्पियनसिपमा स्वर्ण तथा कांस्य पदक जितेका थिए। 

प्रतिक्रिया