०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

याङटेन लामालाई युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण पदक

याङटेन लामालाई युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण पदक

 

न्यू योर्क। युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा याङ्टेन लामाले स्वर्ण पदक हात पारेका छन्। न्यू योर्कको बु्रकलिनमा नोभेम्बर १० तारिखमा भएको पुरुष १० देखि ११ बर्ष उमेर समूहको ब्ल्याक बेल्ट कुमुते एडभान्स क्याटगोरीमा याङ्टेनले स्वर्ण पदक हात पारेको हो। 
स्वर्ण विजेता याङ्टेन न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आट्र्स क्लबमा प्रशिक्षण लिईरहेका छन्। याङ्टेनले फाइनलमा निक स्पेन्सरलाई पराजित गरेको च्याम्पियन्स मार्सल आट्र्स क्लबले जनाएको छ।
उनी ११ औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण विजेता सुनिल लामाको प्रशिक्षणमा छन्। कराते तर्फका स्वर्ण विजेता सुनिल १३ औं एशिया प्यासिफिक सितेरियो कराते डो संघका च्याम्पियनसिप पनि हुन्। क्लबका सञ्चालक तथा प्रशिक्षक सुनिल लामाले भने, फाइनल प्रतिष्पर्धामा याङ्टेनले एकदमै कुशल प्रदर्शन गरेकाले नै उनले पदक हात पारेको हो। 

 

प्रतिक्रिया