०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

छठ पर्व न्यू योर्कमा पनि मनाइयो

छठी माताको विधीपूर्वक पूजा आराधना गरेर छठ पर्व मनाउने गरिन्छ। छठ पर्व सत्य र अहिंसाप्रति मानव जातिको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ।
छठ पर्व न्यू योर्कमा पनि मनाइयो

 

न्यू योर्क। अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्व अमेरिकाकाको न्यू योर्कमा पनि मनाइएको छ। डा. विनोद शाह तथा सुजाता शाहले न्यू योर्कको ह्वाइट प्लेन्समा छठ पर्व आयोजनामा गरी न्यू योर्कमा रहेका नेपालीहरुले यो पर्व मनाएको हो छठी माताको विधीपूर्वक पूजा आराधना गरेर छठ पर्व मनाउने गरिन्छ।  विशेष गरी तराइमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरुले छठ पर्व बनाउने गरिन्छ। छठ पर्व सत्य अहिंसाप्रति मानव जातिको रुचि बढाउने सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ।

डा. विनोद शाहले बार्षिक रुपमा छठ पर्व आयोजना गरी नेपाली डायस्पोरा तथा भारतीय डायस्पोरालाई एक साथ ल्याएर न्यू योर्कमा छठ पर्व मनाउन पाउँदा आफुलाई खुशी लागेको बताए। कार्यक्रमलाई मधेशी एसोसिएसन इन अमेरिका (मा) ले समर्थन गरेको थियो। कार्यक्रममा परम्परागत अनुष्ठान, जीवन्त सांस्कृतिक प्रदर्शन, समुदाय सांस्कृतिक गौरवको भावना प्रस्तुत गरिएको थियो। डा. विनोद शाह तथा सुजाता शाहले छठ पर्वको अवसरमा समुदायका लागि आफ्नो घरमा सबैलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए। 

डा. शाहले भने, ‘छठ पूजालाई घरघरमा ल्याएर समुदायसँग बाँडेर हाम्रो परम्परालाई जीवित राख्न सकिन्छ। यो पर्व हाम्रो सांस्कृतिक विरासतलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अर्थपूर्ण तरिका भएको उनको तर्क छ। 

सहआयोजक सुजाता शाहले यी परम्परालाई युवा पुस्तासम्म पुर्याउनु पर्नेमा जोड दिइन्। उनले भने, छठ पूजाको महत्वका बारेमा बालबालिकाको सहभागिता सिकाई प्रेरणादायी छ। 

त्यस्तै क्वीन्स सामुदायिक बोर्ड सदस्य अमित प्रताप शाहले छठ पर्व आफ्नो जरालाई सम्मान गर्ने, कृतज्ञता व्यक्त गर्ने समुदाय निर्माण गर्ने समय भएको तर्क गरे। 

मधेशी एसोसिएसन इन अमेरिका (मा) का न्यू योर्क, न्यूजसी च्याप्टरका अध्यक्ष सुभाष शाहले छठ पूजा आफ्नो सांस्कृतिक उपस्थिति एकतालाई बलियो बनाउने पर्व भएको बताए। 

प्रतिक्रिया