०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

लायन्स क्लब न्युयोर्कको परम्परागत घर दैलो देउसी भैलो कार्यक्रम सम्पन्न

देउसी भैलो कार्यक्रममा दुबै क्लबका अफिसरहरुले आ–आफ्नो जातिय भेषलाई परिचित गराउने पहिरनमा सहभागी भएका थिए । नेवार, मगर, तामांग, थकाली र नेपाली पहिरनमा सजिएर न्युयोर्कको क्विन्स स्थित नेपालीहरुको ब्यवसाय र घर–घरमा गई परम्परागत रुपमा मादल बजाएर देउसी भैलो भट्याउदै देउसी भैलो खेलेका थिए ।
लायन्स क्लब न्युयोर्कको परम्परागत घर दैलो देउसी भैलो कार्यक्रम सम्पन्न

 

न्यू योर्क लायन्स क्लब न्युयोर्कले तिहार तथा शुभ दिपावलीको अवसरमा परम्परागत रुपमा घर घरमा गएर घर दैलो देउसी भैलो खेलेका छन्। न्युयोर्कमा नेपालीहरुले नेतृत्व गरेको वटा लायन्स क्लब क्विन्स केटिएम लायन्स क्लब क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा न्युयोर्कको क्विन्स क्षेत्रमा परम्परागत शैलीमा घर दैलो देउसी भैलो कार्यक्रम गरेको हो। गएको शनिवार दिउसो बजे बाट शुरु भएको घर दैलो देयसी भैलो कार्यक्रम सॉझको ११ बजे सम्म चलेको थियो। देउसी भैलो कार्यक्रममा दुबै क्लबका अफिसरहरुले आफ्नो जातिय भेषलाई परिचित गराउने पहिरनमा सहभागी भएका थिए नेवार, मगर, तामांग, थकाली नेपाली पहिरनमा सजिएर न्युयोर्कको क्विन्स स्थित नेपालीहरुको ब्यवसाय घरघरमा गई परम्परागत रुपमा मादल बजाएर देउसी भैलो भट्याउदै देउसी भैलो खेलेका थिए ज्याक्सन हाईट्सस्थित नेपाली मम क्याफेबाट देउसी भैलो खेल्न शुरु गरेका क्लवका अफिसरहरुको समूहले गोर्खाली रेष्टुरेण्ट, नेपाली भान्छा घर, लेक साईड रेष्टुरेण्ट, डिजी प्लस, प्रणाम रेष्टुरेण्ट, रेडपाण्डा रेष्टुरेण्ट, बाजेको सेकुवा काष्ठमण्डप रेष्टुरेण्टमा खेलेका देउसी भैलो मार्फत उनीहरुले हजार डलर नगद दक्षिणा स्वरुप संकलन गरेका छन्।

संकलित रकम लायन्स क्लब मार्फत सामाजिक हितको लागि खर्च गरिने क्विन्स केटिएमकी अध्यक्ष तथा जोन चेयर रश्मी श्रेष्ठ क्विन्स बुद्धका अध्यक्ष चन्द्र नेपालीले जानकारी दिए। न्युयोर्कमा नेपालीहरुले नेतृत्व गरेको वटा लायन्स क्लब क्विन्स केटिएम लायन्स क्लब क्विन्स बुद्ध लायन्स क्लब गएको बर्ष देखि परम्परागत शैलीमा घर व्यवसायको दैलोमा पुगी देउसी भैलो खेल्दै आएका छन्। 

प्रवासी भुमीमा नेपाली कला, संस्कृति, भेषभुषाको जगेर्ना यस्को संरक्षणको लागि लायन्स क्लबले न्युयोर्कको क्विन्समा घर दैलो देउसी भैलो खेल्दै आएका छन्

 

प्रतिक्रिया