३२ असार २०८३, बिहिबार
Thu, Jul 16, 2026
SUBSCRIPTION

फोटो पत्रकार रजेन्द्र केसीको निधन

क्यान्सर रोगको उपचाररत केसीको केन्टकी राज्यस्थित निवासमा निधन भएको हो।केसी प्राणघातक रोग मेटास्ट्याटिक म्यालिग्न्यान्ट प्यान्क्रियाटिक क्यान्सर रोगसँग जुधिरहेका थिए।

फोटो पत्रकार रजेन्द्र केसीको निधन 
टेक्सास। फोटो पत्रकार रजेन्द्र (Raw) केसीको निधन भएको छ। 
फोटो पत्रकार क्लबका पूर्वकोषाध्यक्ष केसीकोे हिजो शनिबार निधन भएको हो । क्यान्सर रोगको उपचाररत केसीको केन्टकी राज्यस्थित निवासमा निधन भएको हो।केसी प्राणघातक रोग मेटास्ट्याटिक म्यालिग्न्यान्ट प्यान्क्रियाटिक क्यान्सर रोगसँग जुधिरहेका थिए। काभ्रे जिल्लामा वि.सं.२०४० श्रावण ३१ मा जन्मेका केसी सन् २०१८ मा अमेरिका आएका थिए। स्व. केसीको श्रीमती र १ छोरी छन् । यसैबीच, नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले केसीको निधनप्रति दुख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। नेजाले एक विज्ञप्ती निकाल्दै शोकको दुखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै समवेदना व्यक्त गरेको छ। केसीको उपचारमा आर्थिक सहयोग रकम जुटाउन नेजाले केही समय अघि गो फन्ड मी अभियान चलाएको थियो। 

 

प्रतिक्रिया