१३ चैत २०८२, शुक्रबार
Fri, Mar 27, 2026
SUBSCRIPTION

किरात राई सोसाइटी अफ अमेरिकाले देउसी भैलो गर्ने

किरात राई सोसाइटी अफ अमेरिकाले देउसी भैलो गर्ने

न्यू योर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

केराएसए न्यू योर्क च्याप्टरले दिपावलीको उपलक्ष्यमा आफ्ना सदस्यहरुसँग शुभकामना आदानप्रदान गर्न देउसी भैलो कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रम नोभेम्बर २ मा सन्निसाइड स्थित स्पाइसी नेपाल रेस्टुरेन्टमा हुँदैछ। कार्यक्रम साँझ ७ बजेदेखि विहान १ बजेम्म हुनेछ। कार्यक्रममा सहभागी हुन १३० किरात राई समुदायले नाम टिपाएको कार्यक्रम संयोजक मेघनाथ राईले बताए। हालसम्म हाम्रा १३० सदस्यले कार्यक्रममा सहभागी हुन्छौं भनेर आफ्नो नाम टिपाउनु भएको छ, उनले भने केटाकेटी समेत जोड्दा सहभागीको संख्या धेरै हुन्छ।

केआरएसए न्यू योर्क च्याप्टरले हरेक दिपावलीमा देउसी भैलो कार्यक्रम आयोजना गर्छ। यो कार्यक्रममा शुभकामना आदानप्रदान, किरात राई सदस्यबीच सम्बन्ध बिस्तार, सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। 

प्रतिक्रिया