२६ कात्तिक २०८३, बुधबार
Wed, Nov 11, 2026
SUBSCRIPTION

सिन्धु सोसाइटीले विपन्न तथा अनाथ बालबालिकाको शिक्षामा सहयोगका लागि ‘दिपावली साँझ’ गर्दै

सिन्धु सोसाइटीले विपन्न तथा अनाथ बालबालिकाको शिक्षामा सहयोगका लागि ‘दिपावली साँझ’ गर्दै

न्यू योर्क । सिन्धु यूएसए वेल्फेयर सोसाइटी इंकले नेपाली दोश्रो ठुलो पर्व तिहार तथा दिपावलीको अवसरमा ‘दिपावली साँझ’ विशेष कार्यक्रम  आयोजना गर्न लागेको छ। सिन्धु यूएसए वेल्फेयर सोसाइटीले नेपालमा रहेका आर्थिक रूपमा विपन्न तथा अनाथ बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले  यही नोभेम्बर ७ तारिख अमेरिकाको न्यू योर्कस्थित ज्याक्सन हाइट्सको गुल्सन टेरेसमा ‘दिपावली साँझ’ तथा फन्ड रेजिङ कार्यक्रम आयोजना गर्न लागेको हो । ‘जीवनका लागि शिक्षा’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रम नेपालीहरूको दोस्रो ठूलो चाड तिहार तथा दिपावलीको अवसर पारेर गर्न लागेको हो। कार्यक्रममा आर्थिक सहयोग संकलन, सामुदायिक सहभागिता तथा परोपकारी योगदानमार्फत आर्थिक रूपमा विपन्न तथा अनाथ बालबालिकाको शिक्षामा सहयोग गर्ने लक्ष्य राखिएको संस्थाले जनाएको छ।कार्यक्रममा चर्चित गायिका रेश्मा सुनुवार लगायत अन्य नेपाली कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा गायकद्धय विवश श्रेष्ठ, प्रकाश कार्की र अन्य कलाकारहरु जाङ्मु तामाङ, रश्मी आलेमगर र कुन्साङ शेर्पाको प्रस्तुति रहने छ । मनोरञ्जनसँगै आर्थिक रूपमा विपन्न तथा अनाथ बालबालिकाको शिक्षामा सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। हो।

संस्थाले हालसम्म नेपालका २७ जना बालबालिकालाई कक्षा १२ (प्लस टु) सम्मको अध्ययनका लागि आर्थिक सहयोग गर्दै आएको छ। संस्थाको सहयोगमा सिन्धुपाल्चोकको बाह्रबिसेस्थित चण्डेश्वरी इंग्लिस बोर्डिङ स्कुल, मेलम्चीस्थित प्रगति इंग्लिस बोर्डिङ स्कुल तथा काठमाडौंस्थित माउन्ट कैलाश बोर्डिङ स्कुलमा २७ जना बालबालिकाहरू अध्ययनरत छन्।शिक्षालाई उज्ज्वल भविष्य निर्माणको आधार मान्दै संस्थाले आर्थिक रूपमा विपन्न तथा अनाथ बालबालिकाको शिक्षामा सहयोग पुर्याउने अभियानलाई निरन्तरता दिँदै आएको छ। दीपावलीको उज्यालोलाई शिक्षाको ज्योतिसँग जोड्दै बालबालिकाको भविष्य उज्ज्वल बनाउन संस्थाले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सहयोग गर्न आह्वान गरेको छ। कार्यक्रम साँझ ७ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुनेछ। 

प्रतिक्रिया