न्यू योर्क। मेयर पदका प्रत्यासी जोह्रान मम्डानीले आप्रवासीको पक्षमा उभिने बाचा गरेका छन्। जुन २१ मा ज्याक्सन हाइट्सको डाइभरसिटी प्लाजामा आयोजित भेलालाई सम्बोधन गदै उनले आप्रवासीको पक्षमा उभिने वाचा गरेका हुन्।
‘हामी एक ठाउँमा उभिन सक्छौं र ट्रम्प प्रशासनको प्रतिरोध गर्न सक्छौं भनेर देखाउन तीन दिन बाँकी छ,’ प्राइमरी निर्वाचनको तीन दिन अघि आयोजित भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ट्रम्प प्रशासनले यो सिटी र देशबाट आप्रवासीलाई समात्ने र गायब बनाउने काम गरिरहेको छ। यस्तो समयमा त्यस्तो अधिनायकवादी शासन विरुद्ध प्रतिरोध गर्न सक्ने मेयर चाहिएको छ। मलाई न्यू योर्क सिटीको पहिलो त्यस्तो आप्रवासी मेयर (चुनाव जिते) का रुपमा तपाईँहरु समक्ष उभिन पाउँदा गर्व लागेको छ।’
जोह्रान मम्डानीले भने, ‘ट्रम्प प्रशासनले यो सिटी र देशबाट आप्रवासीलाई समात्ने र गायब बनाउने काम गरिरहेको छ। यस्तो समयमा त्यस्तो अधिनायकवादी शासन विरुद्ध प्रतिरोध गर्न सक्ने मेयर चाहिएको छ। मलाई न्यू योर्क सिटीको पहिलो त्यस्तो आप्रवासी मेयर (चुनाव जिते) का रुपमा तपाईँहरु समक्ष उभिन पाउँदा गर्व लागेको छ।’
मम्डानीले मेयरमा निर्वाचित भएर आप्रवासीको रक्षा गर्न बनाइएको न्यू योर्क सिटीको ‘स्याङ्चुअरी पोलिसी’ को रक्षा गर्ने प्रतिबद्धता जनाए। ‘म ‘स्याङ्चुअरी पोलिसी र आप्रवासीको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने। उनले डिपोर्टेसनको जोखिममा रहेका चार लाख आप्रवासीलाई कानूनी सहयोग प्रदान गर्ने बताए।
‘कानूनी सहायता पाएका आप्रवासी परिवारको साथमा फर्किने (डिपोर्टेसनबाट जोगिएर) संभावना ११ गुणा बढी हुन्छ,’ उनले भने, ‘हरेक आप्रवासी न्यू योर्कवासीको आवाज सुनिुनपर्छ र म मेयर भएपछि सिटी सरकारले त्यसको ब्यवस्था गर्छ।’ आप्रवासी मामिला न्यू योर्क सिटी प्रशासनको क्षेत्राधिकारभित्र पर्दैन।
मम्डानीले अमेरिकामा लोकतन्त्र सङ्कटमा परेको उल्लेख गरे। उनले न्यू योर्कवासीले आफ्नो आवश्यकता पूरा गर्न नसकेको र लोकतन्त्रप्रति उनीहरु निराश बनेको उल्लेख गर्दै भने, ‘म न्यू योर्क सिटीलाई सबैले धान्न सक्ने बनाउँछु।’
मम्डानीले अमेरिकामा लोकतन्त्र सङ्कटमा परेको उल्लेख गरे। उनले न्यू योर्कवासीले आफ्नो आवश्यकता पूरा गर्न नसकेको र लोकतन्त्रप्रति उनीहरु निराश बनेको उल्लेख गर्दै भने, ‘म न्यू योर्क सिटीलाई सबैले धान्न सक्ने बनाउँछु।’ उनले न्यू योर्क सिटीको जीविकोपार्जन लागत घटाउन र सबैले धान्न सक्ने बनाउन २० लाख भन्दा बढी अपार्टमेन्ट भवनहरूको भाडा स्थिर गर्ने (रेन्ट फ्रिज), सुस्त बस सेवा छिटो र निःशुल्क बनाउने, सबैका लागि चाइल्डकेयर उपलब्ध गराउने लगायतका प्रतिबद्धता जनाए।
‘मेयरलाई सम्राट, राजा वा राष्ट्रपति सरह हेर्नुपर्ने दिन गए,’ उनले भने, ‘मैले गर्वका साथ अवलम्बन गरेका विचार मेरा नीजि होइनन्। मैले न्यू योर्कवासीबाट सिकेका विचार हुन्।’ उनले उदाहरण दिँदै भने, ‘रेन्ट फ्रिज गर्ने कुरा मैले भाडामा बस्ने मानिसहरूको आन्दोलन (टिनेन्ट मुभमेन्ट)बाट लिएको हूँ। बस छिटो छरितो र निःशुल्क बनाउने कुरा बस सेवाग्राहीबाट सुनेको हूँ। युनिभर्सल चाइल्डकेयरको कुरा अभिभावकबाट लिएको हूँ। यी यस्ता विचार हून जसलाई प्राप्त गर्ने हक तपाईँहरूसँग छ। र त्यो हक कसरी प्राप्त गर्ने भन्ने निर्णय गर्ने बेला आएको छ।’
न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर स्टिभन रागाले भने, ‘हामीलाई न्यू योर्क सिटीमा जोह्रान चाहिन्छ। त्यसको सुनिश्चितता गर्न तपाईँसहरु सबै मतदानमा जानुहोस ताकि मंगलबार (निर्वाचनको दिन) पछि पछुताउन नपरोस्।’
उनले निर्वाचनको अभियान सुरु गर्दा सर्वेक्षणहरूले उनको पक्षमा एक प्रतिशत मात्र मत देखाएको स्मरण गरे। ‘त्यसका बावजुद ड्रम, क्याभ, एनवाईसीसी, डीएसए लगायतका दर्जनौं सङ्घसंस्था र तपाईँहरूले मलाई समर्थन गर्नुभयो र त्यसले अभियानका रुप लियो,’ उनले भने, ‘त्यसको नतिजा हामी अहिले एन्ड्रयु कुमोभन्दा एक अंकले मात्र पछि छौं। एउटा राजनीतिक विरासत पल्टाउन तीन दिन टाढा छौं। र त्यसमा हामी सफल हुन्छौ।’
न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर स्टिभन रागाले जोह्रान मम्डानीले श्रमजीवि वर्गको पक्षमा काम गरिरहेको बताए। ‘जोह्रानले म र तपाईँ हामीजस्ता न्यू योर्क सिटीवासी आप्रवासी र श्रमजीवि वर्गको आवाज बुलन्द बनाउन काम गरिरहेका छन्,’ उनले भने, ‘हामीलाई न्यू योर्क सिटीमा जोह्रान चाहिन्छ। त्यसको सुनिश्चितता गर्न तपाईँसहरु सबै मतदानमा जानुहोस ताकि मंगलबार (निर्वाचनको दिन) पछि पछुताउन नपरोस्।’
उनले जोह्रानले उठाएका विचार र मुद्धा गर्विलो भएको र न्यू योर्क सिटीका लागि जोह्रान आवश्यक रहेको बताए। साथै उनले नकारात्मक हल्लाका पछि नलाग्न आग्रह गर्दै जोह्रानका पक्षमा के सकिन्छ त्यो गर्न आग्रह पनि गरे।
भेलापछि जोह्रानका समर्थकहरुले ज्याक्सन हाइट्स्को डाइभर्सिटी प्लाजादेखि ३७ एमेन्यूको ८१ स्ट्रीट र पुन डाइभर्सिटी प्लाजासम्म र्याली गरेका थिए। स्टिभनले जोह्रानलाई एक नम्बरमा समर्थन गरेका छन्। उनलाई न्यू योर्क सिटीको प्राइमरी इलेक्सनमा पहिलो नम्बरमा समर्थन गर्नेमा ठूला छविका राजनीतिज्ञमा कंग्रेसवमुनद्वय नाइदिया भलास्केज र एकेन्जेन्ड्रिया ओकासिया कोर्टेज छन्। डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका जस्ता प्रभावशाली डेमोक्रेटिक राजनीतिक संगठन, न्यू योर्कको पावर पोलिटिक्समा प्रभावकारी भुमिका खेल्ने वर्किङ फेमिलिज पार्टी, दक्षिण एशियाली तथा इन्डो करेबियन आप्रवासीको अधिकारका पक्षमा काम गर्ने ड्रम बिट्स, खासगरी चिनीया आप्रवासी समुदायमा दह्रो पकड रहेको क्याभ भ्वाइस, र हिस्पानिक तथा काला आप्रवासी समुदायमा पकड रहेको एनवाईसीसी जस्ता ठूला संस्थाले चालु प्राइमरी निर्वाचनमा जोह्रानलाई पहिलो नम्बरमा समर्थन गरेर राजनीतिक अभियान चलाइरहेका छन्।








प्रतिक्रिया