२१ फागुन २०८२, बिहिबार
Thu, Mar 5, 2026
SUBSCRIPTION

केआरएसएको १४ औं सुम्निमा साँझ सम्पन्न

केआरएसएको १४ औं सुम्निमा साँझ सम्पन्न

न्यू योर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को वार्षिक सांस्कृतिक कार्यक्रम सुम्निमा साँझ१४ सम्पन्न भएको छ। क्रिसमस इभमा आयोजित उक्त कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) का अध्यक्ष तोरण बहादुर गुरुङ, न्यू योर्क सिटी मेयरका प्रत्याशी तथा न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर जोह्रान मम्डानी केआरएसए केन्द्रीय अध्यक्ष खगेन्द्र राईले उद्घाटन गरेका थिए। 

कार्यक्रममा प्रमुख अतिथि रहेका फिप्ना अध्यक्ष गुरुङले विश्वमा दिन प्रतिदिन नृत्यहरू लोप हुने क्रममा रहेको उल्लेख गरे।तर, संस्कार संस्कृति चाहिँ अझै बचाइरहने प्रयत्न यो सुम्निमा साँझ हो भन्ने लाग्छ,’ उनले भने, ‘यसलाई जोगाउँदै नलगे भोली साकेला नाच्न नेपाल जाऊँ भन्ने दिन नआउला भन्न सकिन्न।गुरुङले राई, लिम्बू, गुरुङ, शेर्पा, थारु, सुनुवार लगायतका सबै आदिवासी जनजातिएउटै बाउका सन्तानभएको उल्लेख गर्दै भने,  ‘हामी परापूर्व कालमा विभिन्न भेगमा गयौँ। त्यसअनुसार नै भाषा, लिपी परम्परामा फरक पर्न गयो। तर हामी गुरुङ पनि उँधौली उभौली गर्छौ। प्रकृतिको पूजा गर्छौँ। तरिका फरक होला। यो संस्कार राईमा मात्र होइन अरू आदिवासी जनजाति समुदायमा पनि छ।

उनले आदिवासी जनजाति माथि भएको दमनको राजनीति पनि कोट्याए।हामी निरन्तर सङ्घर्षमा छौं। संस्कार जोगाउन लागि परेका छौं। हामीले हाम्रो इतिहास बिर्सनु हुँदैन।कार्यक्रममा विशेष अतिथि केन्द्रीय अध्यक्ष राईले किरात राई समुदायलाई साकेला उँधौली क्रिसमसको शुभकामना दिए।आफ्नो रितिरिवाजलाई पुस्तान्तरण गर्ने उद्देश्यले हामीले सुम्निमा साँझ लगायतका कार्यक्रम आयोजना गर्दै आएका हौँ,’ उनले भने।

हामी बस्ने सहर ज्यादै महँगो भयो। धेरै न्यू योर्क सिटीवासीले यो सहरलाई आफ्नो धान्न सकिरहेका छैनन्,’ उनले भने, ‘भाडावालले भाडा तिर्न सकिरहेका छैनन्। घरवालाले पानी, बत्ती आदिको बिल तिर्न सकिरहेका छैनन्। त्यही भएर न्यू योर्क सिटीको मेयर पदमा उम्मेदवार बनेको छु।उनले मेयर एरिक आडम्सले पाएको हरेक अवसर यहाँका मानिसलाई राहत दिनुको सट्टा महँगी बढाउन प्रयोग गरेको बताए।

त्यस्तै, कार्यक्रमका अर्का विशेष अतिथि जोह्रान मम्डानीले सुम्निमा साँझ १४ मा उपस्थित हुन पाउँदा खुसी लागेको उल्लेख गरे। उनले सुम्निमा साँझ १४ को शुभकामना दिँदै आफ्नो समुदायलाई अगाडि बढाउन कठिन भूमिका खेलेकोमा केआरएसएका वर्तमान तथा पूर्व अध्यक्ष लगायतका नेतृत्वको प्रशंसा गरे। 

हामी बस्ने सहर ज्यादै महँगो भयो। धेरै न्यू योर्क सिटीवासीले यो सहरलाई आफ्नो धान्न सकिरहेका छैनन्,’ उनले भने, ‘भाडावालले भाडा तिर्न सकिरहेका छैनन्। घरवालाले पानी, बत्ती आदिको बिल तिर्न सकिरहेका छैनन्। त्यही भएर न्यू योर्क सिटीको मेयर पदमा उम्मेदवार बनेको छु।उनले मेयर एरिक आडम्सले पाएको हरेक अवसर यहाँका मानिसलाई राहत दिनुको सट्टा महँगी बढाउन प्रयोग गरेको बताए।

न्यू योर्क सिटीको आगामी मेयरका रूपमा मेरा एजेन्डा भाडा वृद्धि रोक्ने, बस सेवा छिटो छरितो निःशुल्क बनाउने, सिटीबाट ग्रोसरी स्टोर सञ्चालन गरेर महँगी नियन्त्रण गर्ने, फ्री युनिभर्सल चायल्ड केयर प्रदान गर्ने विद्यालय हाम्रा बालबालिकाका लागि शिक्षामा बजेट थप्ने भन्ने ,’ उनले भने, ‘यसबाट न्यू योर्क सिटीवासीले यो सहरलाई मेरो घर हो भन्न सक्नेछन्।

मम्डानी डेमोक्रेटिक पार्टीका तर्फबाट न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर छन्। उनले श्रमजीवी वर्ग आप्रवासीका पक्षमा खुलेर वकालत गर्दै आएका छन्। कोभिड१९ प्याण्डेमिकका बेला उनकै पहलमा न्यू योर्क सिटीले निःशुल्क बस सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागीहरूलाई उने डेमोक्रेटका रूपमा मतदाता नामावली दर्ता गराउन आगामी मेयरको रूपमा जुन २०२५ हुने प्राइमरीमा आफूmलाई मतदान गर्न आह्वान गरे। 

कार्यक्रममा नेप्लिज अमेरिकन इन्फोर्समेन्ट एसोसिएसनका अध्यक्ष सोनाम घिसिङले न्यू योर्क सिटीमा नेपाली समुदायको प्रतिनिधित्व गर्ने एउटा संस्था किरात राई सोसाइटी अफ अमेरिका भएको यो संस्थाको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लगेको बताए। उनले एनवाइपिडी अधिकारीको हैसियतमा हालै क्वीन्स मलमा चोरीकोसस्पेक्टसमातेर विजय राईले बहादुरीपूर्ण काम गरेको भन्दै प्रशंसा गरे। विजय केआरएसए न्यू योर्क च्याप्टरका सचिव हुन्। 

कार्यक्रमका सभापति तथा केआरएसए न्यू योर्क च्याप्टर अध्यक्ष वाकाशा बान्तवा राईले फिप्ना लगायतका नेपाली समुदायसँग सम्बद्ध सङ्घ संस्था, प्रायोजक, कलाकार, सुम्निमा साँझ आयोजक समिति लगायत कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरिन। कार्यक्रम संयोजक सिके राईले शुभकामना मन्तव्य दिए। 

सुम्निमा साँझमा हरेक वर्ष नेपालबाट स्टार कलाकार बोलाउने केआरएसले यस पटक सांस्कृतिक विशेषइन हाउसकार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा साकेला सम्बन्धी छोटो डकुमेन्ट्री प्रस्तुत गरिएको थियो। किरात राई संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रममा किरात राई समुदायका कलाकार तथा बालबालिकाको मुख्य सहभागिता थियो। साथै सांस्कृतिक कार्यक्रममा अन्य समुदायका नेपाली कलाकार तथा बालबालिकाले पनि प्रस्तुति दिएका थिए। कार्यक्रमको औपचारिक सत्र लेखक तथा पत्रकार जसकुमार राईले सञ्चालन गरेका थिए। सांस्कृतिक कार्यक्रम युवा कवि शम्भु राई तथा यशोदा राईले सञ्चालन गरेका थिए। 

कार्यक्रमको भिडियो लिंकः

प्रतिक्रिया