२३ फागुन २०८२, शनिबार
Sat, Mar 7, 2026
SUBSCRIPTION

किन चाहिन्छ अनइम्प्लोइमेन्ट ब्रिज प्रोग्राम (भिडियो)

कागजात नभएकालाई समेत सुरक्षा प्रदान गर्ने यो कार्यक्रमका लागि पुनः लडाइँ सुरु भएको छ।
किन चाहिन्छ अनइम्प्लोइमेन्ट ब्रिज प्रोग्राम (भिडियो)

न्यू योर्क सिटी। न्यू योर्क स्टेटका विधायक विभिन्न पैरवी समुहको अगुवाइमा अनइम्प्लोइमेन्ट ब्रिज प्रोग्राम अभियान सुरु भएको छ। ती सङ्घ संस्था विधेयकहरूले न्यू योर्क सिटी हल अघि नोभेम्बर १९ मा एक कार्यक्रम आयोजना गरि यो अभियान सुरु भएको घोषणा गरे।

कार्यक्रममा न्यू योर्क स्टेट सिनेटर जेसिका रामोसले परम्परागत अनइम्प्लोइमेन्ट इन्सुरेन्स बेनेफिटले नसमेट्ने कामदारका लागि अनइम्प्लोमेन्ट ब्रिज प्रोग्राम आवश्यक रहेको बताइन्।फ्रिलेन्सर, आप्रवासी, कागजात नभएका, नगदमा काम गर्ने, स्वरोजगार जेलबाट निस्केका कामदारका लागि अनइम्प्लोइमेन्ट ब्रिज प्रोग्राम आवश्यक ,’ कार्यक्रमलाई सम्बोधन गर्दै स्टेट सिनेटर जेसिका रामोसले भनिन्, ‘कामदार नभए न्यू योर्क सिटी चल्दैन।’ 

 

कार्यक्रममा न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर मार्सेला माटिएनेस, जोह्रान माम्डानी, स्टिभन रागा पब्लिक एड्भोकेट जुमानी विलियम्सले अन्इम्प्लोइमेन्ट ब्रिज प्रोग्राम अत्यावश्यक रहेको बताएका थिए (भिडियो हेर्नुहोस्) कार्यक्रममा विभिन्न सङ्घसंस्थाका सदस्यहरूले अन्इम्प्लोइमेन्ट ब्रिज प्रोग्राम नहुँदा परेको असरबारे गवाही दिएका थिए। कार्यक्रमको अगुवाइ नेपाली सहित इन्डोकरेबियन साउथ एशियन आप्रवासी समुदायको अधिकारका लागि सङ्घर्ष गरिरहेको देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम), लेबरर्स इन्टरनेशनल युनियन, नेशनल डमेस्टिक वर्कर्स अलायन्स, मेक रोड न्यू योर्क, न्यू योर्क कम्युनिटी फर चेन्ज, कब्रिनी, एक्सन नेटवर्क लगायतका एक दर्जनभन्दा बढी संघ संस्थाका प्रतिनिधि उनीहरूका सदस्य उपस्थित थिए।  

 

कोभिड१९ को महामारीका बेला फेडेरल गभर्मेन्टले दिएको अनइम्प्लोइमेन्ट इन्सुरेन्स बेनेफिटले फ्रिलेन्सर, आप्रवासी, कागजात नभएका, नगदमा काम गर्ने, स्वरोजगार, विद्यार्थी जेलबाट निस्केका कामदारलाई समेटेको थिएन। त्यतिबेला रामोसको अघुवाइमाएक्सक्लुडेड वर्कर्स फण्डविधेयक दर्ता भएको थियो। विभिन्न अधिकारवादी सङ्घसंस्था विधेयकहरूको पैरवी पछि सन् २०२१ मा उक्त विधेयक पारित भएको थियो। तत्कालीन गभर्नर एन्ड्रयु कुमोको पालामा उक्त विधेयक पारित भएपछि परम्परागत अन्इम्प्लोइमेन्ट इन्सुरेन्स बेनेफिटमा नसमेटिएका कामदारले राहत पाएका थिए। ती कामदारका लागि न्यू योर्क स्टेट गभर्मेन्टले दुई दशमलव एक अर्ब डलर विनियोजन गरेको थियो। 

 

अनइम्प्लोइमेन्ट ब्रिज प्रोग्राम त्यही एक्सक्लुडेड वर्कर्स फन्डको संशोधित रुप हो। सिनेटर रामोस स्टेट एसेम्ब्ली मेम्बर करिनेस रेयेसले जनवरी ३०, २०२३ मा पहिलो पल्ट अनइम्प्लोइमेन्ट ब्रिज प्रोग्राम विधेयक प्रस्तुत गरेका थिए। सिनेट फाइनान्स कमिटिको सिफारिसका बावजुद उक्त विधेयक मतदानका लागि न्यू योर्क स्टेट लेजिस्लेचरमा प्रस्तुत गरिएको थिएन। उक्त विधेयकको विपक्षमा गभर्नर क्याथी होकुल मेजरिटी लिडर एन्ड्रिया स्टेवार्टकजिन्स सहित कन्जर्भेटिभ समुह उभिएका थिए। 

अप्रिल २०२५ मा जारी हुने स्टेट बजेटमा यो कार्यक्रम पार्न आयोजकहरुले अभियान सुरु गरेका हुन्। यो अभियान अन्तर्गत हस्ताक्षर संकलन सुरु भएको छ। हस्ताक्षरका लागि आयोजकले लिंक उपलब्ध गराएका छन्। 

 

 

 

प्रतिक्रिया