न्यूयोर्क । दक्षिण एशियाली मुलका ३३ वर्षिय युवा नेता जोहरान माम्दानी मंगलबार भएको न्यूयोर्क सिटीको भावी मेयर पदका लागि डेमोक्रेटिक पार्टीको प्राइमरी चुनाबमा पूर्व गभर्नर एन्ड्रु कुओमोलाई चक्मा ख्वाउदै जीत नजिक पुगेका छन् ।
९३ प्रतिशत मतगणना हुँदा माम्दानीलाई पहिलो रोजाइका रूपमा ४३.५ प्रतिशत मतदाताहरूको समर्थन प्राप्त भएको छ भने कुओमो ३६.४ प्रतिशतका साथ दोस्रो स्थानमा छन् । यद्धपि पहिलो चरणको मतगननामा नै विजयी उम्मेद्धार भने घोषणा हुन नसक्ने भएको छ । विजयी उम्मेद्धारले ५० प्रतिशत मत पाउनुपर्ने प्रावधान अनुसार अब मतगनना दोस्रो चरणमा पुग्नुपर्ने भएको छ । दोस्रोचरणको गननाबाटपनि ५० प्रतिशत कटाउन नसके यो प्रक्रिया दोहोरिएर तेस्रो चरणमा प्रवेश गर्ने छ । र्याङ्क च्वाइस विधिमा मत गनना गर्दा पुछारको उम्मेद्धारको मत रद्दा गर्दै उक्त मतपत्रमा दोस्रो रोजाईको उम्मेद्धारलाई पहिलो रोजाईको रुपमा गनना गर्ने गर्दछ । यो सबै प्रक्रिया सकेर अन्तिम परिणाम घोषणा हुन जुलाई १ सम्म पर्खिनुपर्ने भएको छ ।
यो परिणाम संगै आगमी नोभेम्बरमा हुने मेयर निर्वाचनमा माम्दानीले हालका मेयर एरिक आडम्सदेखि अन्य उम्मेद्धारहरुसंग संघर्षपूर्ण प्रतिस्पर्धा गर्नुपर्नेछ । डेमोक्रेटिक पार्टीबाट मेयर भएका आडम्स भ्रष्टचार मुद्दामा मुछिएपछि राष्ट्रपति ट्रम्पले उनको मुद्दा खारेज गरिदिएका छन् । आगमी निर्वाचनमा स्वतन्त्र उम्मेद्धारी दिने घोषणा गरिसकेका आडम्सलाई सम्भवतः रिपब्लिकन पार्टीको समर्थन रहनेछ ।
कामकाजी वर्गको उत्थानको नारा दिएर प्राइमरी चुनाबमा होमिएका क्वीन्सका डेमोक्रेटिक सोशलिस्टधारका माम्दानी न्यूयोर्क सिटीको बढ्दो खर्चिलोपनको चिन्ताबाट लाभान्वित भएका छन् । निःशुल्क बस सेवा, बाल स्याहार र सार्वजनिक स्वामित्वका किराना पसलहरू, भाडा वृद्धि फ्रिज गर्ने जस्ता नीतिलाई घनिभूत पार्द डेमोक्रेटिक पार्टीमा यो पटक नपत्याउने खोलाले बघाउने अवस्था ल्याएको हो ।
अक्टोबर २४, २०२४ को दिन क्वीन्सको लङ आइल्याण्डसिटीको एउटा सानो हलमा आफ्नो उम्मेद्धारी घोषणा गर्दा क्वीन्सको अस्टोरिया क्षेत्रका मतदाता मात्र माम्दानीसंग परिचित थिए । तर आफ्नो अभियानको केही महिनामा नै न्युयोर्क सिटीको पाँचवटै बोरोमा आक्रमक प्रचार अभियान चलाएका माम्दानीले प्रचारकै क्रममा जनताको तहबाट चुनाबी चन्दा संकलनमा पहिलो स्थान हासिल गरेका थिए ।
मामदानीले बुधबार बिहान क्वीन्समा भएको ¥यालीमा जीतको घोषणा गर्दै आफैंलाई “प्रत्येक न्यूयोर्कवासीको मेयर” हुने प्रतिबद्धता जनाए र स्वयंसेवकहरूको सहायताले जितेको अभियानलाई आन्दोलनको हिस्सा बताए। “आज राति हामीले इतिहास रच्यौँ,” उनले भने। “नेल्सन मण्डेलाको शब्दमा, यो सधैं असम्भव जस्तो लाग्छ, जबसम्म यो काम सम्पन्न हुँदैन। मेरा साथीहरू, हामीले यसलाई सम्पन्न गरेका छौँ।”
“चाहे तपाईंले मलाई मत दिनुभएको होस्, कुओमोलाई दिनुभएको होस् वा लामो समयदेखि बिग्रिएको राजनीतिक प्रणालीबाट निराश भएर मतदान नगर्नुभएको होस्, म तपाईंहरूका लागि काम गर्नेछु,” माम्दानीले मंगलबार राती समर्थकहरुसंग भने। “तपाईंहरूका लागि सहरलाई सस्तो र सुरक्षित बनाउनेछु र तपाईंहरूलाई गर्व गर्ने मेयर बन्नेछु।”
अमेरिकाको न्यूयोर्क राज्याको एउटा सिटीको मेयर निर्वाचनको प्राइमरी भएपनि माम्दानीको जीतको लहर देशभर फैलिएको छ । हेभिवेट उम्मेद्धार कुओमोको पराजयलाई कतिपयले आश्चर्य रुपमा लिएको छ । मंगलबार राती ९ बजे मतदान सकिए लगतै गनना शुर भएको थियो । मतगननामा शुरुबाट अग्रता कायम गरेपछि कुओमोले मंगलबार राती नै आफ्नो हार स्वीकार्न बाध्य भएका थिए । उनले आफ्नो समर्थकहरूलाई भने, “उनले जिते।” “आजको रात हाम्रो थिएन, आजको रात जोहरान माम्दानीको हो।” कुओमोले आफ्नो हार स्वीकार्दै मामदानीलाई “उत्कृष्ट अभियान” सञ्चालन गरेको र युवाहरूलाई मतदानका लागि प्रेरित गरेको भन्दै बधाई दिए। “मैले उनलाई फोन गरें र बधाई दिएँ। उनलाई साँचो अर्थमा सराहना गर्दछु,” कुओमोले भने।
कतिपयले भने कुओमोले आगमी नोभेम्बरमा हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिन सक्ने भनेर अनुमान गरेका छन् । यसबारेमा कुओमोले भने “म अंकहरू र र्याङ्कच्वाइस प्रणाली हेरेर निर्णय गर्नेछु।” चुनाव विश्लेषकहरूका अनुसार कुओमोलाई माम्दानीमाथि जित्न गाह्रो हुने देखिएको छ किनभने धेरै उम्मेदवारहरू र लेफ्ट लीनिङ समूहहरूले मामदानीलाई समर्थन गरेका छन् ।
यसपटकको चुनाव प्रचार निकै तनावपूर्ण र तिक्तताले भरिएको न्युयोर्क टाइम्सले लेखेको छ । दुई प्रमुख डेमोक्र्याटहरू सहरका लागि फरक नीति र पार्टीभित्रको पुस्तान्तरको प्रतिनिधित्व गरिरहेका थिए। मामदानी युवा र जोशपूर्ण थिए भने कुओमो पुरानो गार्डका प्रतिनिधि थिए जसले चर्च, सिनेगग र युनियन हलहरूमा मात्रै सार्वजनिक उपस्थितिमा सीमित अभियान चलाए, न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।
यो प्राइमरी चुनावले मतदाताहरूलाई समेत उत्साहित बनाएको छ । सन् २०२१ को मेयर चुनावको तुलनामा दोब्बर मतदाताहरूले अग्रिम मतदान गरे र प्रमुख दिनमा करिब १० लाख मतदाताहरू उपस्थित भए। मम्दानी र कुओमो दुबैले राष्ट्रपति ट्रम्पविरुद्ध लड्न र मतदाताहरूका खर्चिलोपन र सार्वजनिक सुरक्षासँग सम्बन्धित चिन्ताहरू सम्बोधन गर्ने वाचा गरे पनि व्यक्तिगत जीवन, अनुभव र मध्यपूर्वका मुद्दाहरूमा एकअर्कामाथि कडा हमला गरेका थिए।
मामदानीले स्थिर दरका अपार्टमेन्टहरूलाई फ्रिज गर्ने र व्यापक सार्वजनिक आवासलाई प्रवद्र्धन गर्ने नीति अघि सारेका छन् जसका लागि उनले व्यवसाय र धनीहरूमाथि कर बढाएर १० अर्ब डलर जुटाउने योजना पेश गरेका छन्। यो चुनावलाई डेमोक्रेटिक पार्टीभित्र समेत लेफ्ट र सेन्ट्रीक पक्षबीचको लडाइँका रूपमा हेरिएको छ। न्यूयोर्कका पहिलो दक्षिण एशियाली मुस्लिम र शताब्दीकै कान्छा मेयर हुने माम्दानीलाई सीनेटर बर्नी सान्डर्स र हाउस सदस्य अलेक्जान्ड्रिया ओकासियो कोर्टेजको समर्थन प्राप्त भएको थियो । यता कुओमोलाई स्थानीय पार्टीका अधिकांश नेताहरूको समर्थन थियो।
पूर्व गभर्नर कुओमोमाथि पूर्व मेयर माइकल आर. ब्लूमबर्गलगायत व्यापारीहरूले ३ करोड डलर खर्च गरी मिडियामा हमलामुखी अभियान चलाएका थिए भने मामदानीलाई व्यक्तिगत दाताहरूबाट सबैभन्दा बढी चन्दा प्राप्त भएको थियो।
मेयरका अन्य उम्मेद्धारहरु सिटी कम्पट्रोलर ब्राड लान्डर ११.३ प्रतिशत मतका साथ तेस्रो र सिटी काउन्सिल स्पीकर एड्रिएन एडम्स ४.१ प्रतिशत मतकासाथ चौथो स्थानमा छन् ।




प्रतिक्रिया