न्यूयोर्क । राष्ट्रपतिको डोनाल्ड जे ट्रम्पले अवैध आप्रावासी नियन्त्रणको लागि मेक्सिकोसंगको दक्षिणी सीमामा इमर्जेन्सी घोषणा गर्ने बताएका छन् । अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहणपछि बोल्दै ट्रम्पले आजै कार्यकारी आदेशमार्फत यो घोषणा गरिने जानकारी दिएका हुन् । अबैध आप्रावासीको देश निकाला अपराधिक कार्यमा संलग्नबाट शुरु गरिने पनि जानकारी दिए ।
राष्ट्रपति पदको सपथको लागि अहिले अमेरिकी संसद क्यापिटल हिलमा समारोह जारी छ । मध्याह्नको समयमा ट्रम्पल शपथ लिएका हुन् । सपथग्रहण समारोहमा सहभागी हुन राष्ट्रपति जो बाइडेन, उपराष्ट्रिपति कमला ह्यारिस लगायत क्यापिटल भवन सहभगी छन् । समारोहमा पूर्व राष्ट्रपतिहरु जर्जबुस, बिल क्लिन्टन, बराक ओबामा लगायत उपस्थित भइसकेका छन् ।










प्रतिक्रिया