न्यूयोर्क । राष्ट्रपति जो बाइडेन र राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पवीच बुधबार ह्वाइट हाउसमा भेटघाट भएको छ । राष्ट्रपति बाइडेनको निमन्त्रणमा ट्रम्प ह्वाइट हाउस पुगेका हुन् ।
राष्ट्रपतिय निर्वाचनपछि नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउसमा निमन्त्रणा गरी बधाई दिने ह्वाइट हाउसको परम्परा अनुसार यो भेटघाट भएको हो । तर, सन २०२० मा राष्ट्रपतिमा पराजीत भएपछि ट्रम्पले भने यो परम्पराको पालना गरेका थिएनन् । बुधबारको भेटमा बाइडेन र ट्रम्पले हात मिलाउदै बधाई र धन्यवादको औपचारिकता प्रकट गरेका थिए ।
निकै सौहार्दता देखिएका दुबै नेताहरुले सत्ताको सहज हस्तान्तरण हुने चर्चा गर्दै खुशी प्रकट गरेका थिए । भेटको शुरुमै राष्ट्रपति बाइडेनले ट्रम्पलाई बधाई दिदै कार्यकालको शुभकामना दिएका थिए । बाइडेलले निर्वाचनपछि सत्ताको सहज हस्तान्तरणको लागि आफु आतुर रहेको भनाई व्यक्त गरेका थिए । बाइडेनले निर्वाचन परिणाम घोषणा भएदेखि नै आफु सत्ताको सौहर्दपूर्ण हस्तान्तरण हुने कुरा बताउदै आएका छन् ।
यसैगरी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले बाइडेनको नेतृत्वमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सहज सत्ता हस्तान्तरणको अवस्थाप्रति धन्यवाद दिएका थिए । उनीहरुवीच बधाई र धन्यवादको औपचारिकता बाहेक खासै अन्य कुराकानी भने नभएको ह्वाइट हाउसले जनाएको छ । उनीहरुले पत्रकारहरुको कुनै प्रश्न समेत लिएका थिएनन् । यो भेटघाटलाई निर्वाचनपछिको सत्ता हस्तान्तरणमा सौहर्दता प्रकट भएको भन्दै अमेरिकी संचार माध्यमहरुले महत्वकासाथ प्रकाशन प्रशारण गरेका छन् ।
प्रतिक्रिया