२१ फागुन २०८२, बिहिबार
Thu, Mar 5, 2026
SUBSCRIPTION

पदबहालीको पहिलो दिनमै मेक्सिको, क्यानडा र चीनमाथि नयाँ शुल्क लगाउने ट्रम्पको घोषणा

राष्ट्रपतिका रूपमा आफ्नो शपथ ग्रहणपछि कार्यकारी आदेशमार्फत मेक्सिको र क्यानडाबाट आउने सबै वस्तुहरूमाथि २५% शुल्क लगाउने र चीनबाट आउने बस्तुमा १०% थप शुल्क लगाइने छ ट्रम्पले घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ ।
पदबहालीको पहिलो दिनमै मेक्सिको, क्यानडा र चीनमाथि नयाँ शुल्क लगाउने ट्रम्पको घोषणा

 

न्यूयोर्क । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ ग्रहण गरेपछि पहिलो दिनमै चीन, मेक्सिको र क्यानाडाबाट आयात हुने बस्तुमा नयाँ शुल्क लगाउने घोषणा गरेका छन् । 

राष्ट्रपतिका रूपमा आफ्नो शपथ ग्रहणपछि कार्यकारी आदेशमार्फत मेक्सिको र क्यानडाबाट आउने सबै वस्तुहरूमाथि २५% शुल्क लगाउने र चीनबाट आउने बस्तुमा १०% थप शुल्क लगाइने ट्रम्पले घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ । 

आफ्नो सामाजिक संजाल ट्रुथ सोसियलमा धारणा पोष्ट गर्दै राष्ट्रपति निर्वाचित ट्रम्पले ती मुलुकहरुमाथिको शुल्क वृद्धि फेन्टानाइल लगायतका लागु औषध तस्कर नियन्त्रण नहुँदा सम्म र अवैध आप्राबासीको अमेरिकी प्रवश नरोक्दा सम्म कायम रहने समेत उल्लेख गरेका छन् । ट्रम्पले भनेका छन् “मेक्सिको र क्यानाडासँग यो पुरानो र लम्बिएको समस्याको समाधान गर्नको लागि पूर्ण अधिकार र शक्ति छ । अब उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने समय आएको छ । 

यसैगरी अर्को पोस्टमा, ट्रम्पले चीनप्रति इंगित गर्दै उनीहरूले फेन्टानाइल बेच्ने व्यक्तिहरूसमक्ष मृत्युदण्डको कार्यान्वयन गर्ने आफ्ना वचन पूरा गर्न नसकेको आरोप लगाए 

राष्ट्रपतिमा निर्वाचित ट्रम्पको यो घोषणाले अमेरिकाका तीन प्रमुख व्यापार साझेदारहरूसँगको सम्बन्धमा ठूलो संकट ल्याउने सम्भावना बढेको न्यूयोर्क टाइम्सले जनाएको छ । ट्रम्पको यो घोषणाले राष्ट्रपति कार्यालयमा प्रवेश गर्नु अघि नै अमेरिकाका कूटनीतिक र आर्थिक सम्बन्धमा समस्या पैदा गर्ने खतरा बनेको विश्लेषण गरिएको छ । 

शुल्क वृद्धिको घोषणाले अमेरिकाका उद्योगहरूमा गम्भीर प्रभाव पार्ने जनाइएको छ । जसमध्ये अटो निर्माता, कृषि र खाद्य प्याकेजर प्रमुख छन् ।  क्यानडा, चीन र मेक्सिको अमेरिकाबाट आयात र निर्यात गरिने वस्तु र सेवाहरूको एक तिहाइभन्दा बढी भागमा पर्दछन्, जसले लाखौं अमेरिकी रोजगारको सिर्जना समेत गर्दछ । 

प्रतिक्रिया