०५ माघ २०८१, शनिबार
Sat, Jan 18, 2025
SUBSCRIPTION

ट्रम्पले चाहेर पनि आप्रवासी रोक्न सक्दैनन्ः प्रा. डा. महेन्द्र लावती

ट्रम्पले चाहेर पनि आप्रवासी रोक्न सक्दैनन्ः प्रा. डा. महेन्द्र लावती

न्यू योर्क। अमेरिकाले आर्थिक र सामाजिक कारण आप्रवासीलाई चाहेर पनि रोक्न नसक्ने मिशिगन युनिभर्सिटीस्थित राजनीतिशास्त्रका प्राध्यापक डाक्टर महेन्द्र लावतीले बताएका छन्। डोनाल्ड ट्रम्पले आप्रवासी विरोधी भावना फैलाएर र ‘हिस्टोरिक मास डिपोर्टेसन’ गर्ने घोषणा गरेर राष्ट्रपतिको चुनाव जितेको सन्दर्भमा यस्तो अभिव्यक्ति दिएका हुन्।

‘अमेरिकाले आप्रवासी रोक्नै सक्दैन,’ एनवाइसी नेपाल न्युजसँग कुरा गर्दै उनले भने, ‘यहाँको अर्थतन्त्रमा आप्रवासीको ठूलो योगदान छ। उनीहरुलाई रोके यहाँ काम गर्ने र बढ्दो संख्यामा रहेका वृद्धवद्धालाई सोसल सेक्युरिटीका लागि कमाइ गरिदिने मान्छे हुँदैन।’ उनले आधुनिक चिकित्सा पद्धतिका कारण आयु लम्बिएको र त्यसले वृद्धवृद्धाको संख्या बढिरहेको उल्लेख गर्दै जपान र विभिन्न युरोपेली राष्ट्रले समेत आप्रवासी भित्र्याउन थालेको बताए। ‘अमेरिकामा पनि सोसल सेक्युरिटी प्रदान गर्न काम गर्ने मानिस चाहिन्छ। तर, यहाँका मानिसले बच्चा जन्माउनै छाडे,’ उनले थपे, ‘त्यसकारण काम गर्ने मानिस भनेकै आप्रवासी हुन्। ट्रम्पले चाहेर पनि आप्रवासी रोक्न रोक्न सक्दैनन्।’

अमेरिकाले आर्थिक र सामाजिक कारण आप्रवासीलाई चाहेर पनि रोक्न नसक्ने मिशिगन युनिभर्सिटीस्थित राजनीतिशास्त्रका प्राध्यापक डाक्टर महेन्द्र लावतीले बताएका छन्।

प्राध्यापक लावतीले ट्रम्पको अघिल्लो कार्यकालको सन्दर्भ स्मरण गर्दै भने, ‘पहिला पनि ट्रम्पले आप्रवासी हटाउने भनेकै हुन्। तर, उनलाई समर्थन गर्ने ठूला कर्पोरेसन र इकोनोमिक सेक्टरको दवावकै कारण सकेनन्। किनभने मुनाफा कमाउन सस्तो मजदुर चाहिन्छ। त्यो भनेको आप्रवासी नै हुन्। अमेरिकी मजदुर महंगा हुन्छन्।’

प्राध्यापक लावतीले ट्रम्पले भनेको स्तरमा कागजात नभएका आप्रवासी हटाउन पनि लगभग असम्भव भएको बताए। ‘ट्रम्पले भनेजस्तो मास डिपोर्टेसन गर्न ठूलो रिसोर्स चाहिन्छ। त्यसका लागि कंग्रेसले बजेट पास गर्नु प¥यो,’ उनले भने, ‘हाउस र सिनेट नै जितेकाले अरु राष्ट्रपतिका तुलनामा ट्रम्पलाई सहज त छ, तर उनका सबै मुद्धामा रिपब्लिकनहरुले नै समर्थन नगर्न सक्छन। फेरी, राष्ट्रपतिले जहाँ पायो त्यहिँ बजेट खर्च गर्न पाउँदैन। देश धनी भएपनि बजेट सीमिति हुन्छ। खेलाउने बजेट थोरै हुन्छ।’

निराशाको दोष ट्रम्पले आप्रवासीलाई लगाए। उनीहरुले तिमीहरुको रोजीरोटी खोस्यो, उनीहरु कुकुर बिरालो खान्छन्, अपराधी हुन् भने। र, त्यो वर्गले पत्याए। जो कमजोर छ त्यसैलाई दोष लगाउन सजिलो हुन्छ।’

प्राध्यापक लावतीले ट्रम्पको ‘मास डिपोर्टसन’, ‘अमेरिका फस्ट’ आदि मुद्धा चुनावी नारामात्र भएको बताए। ‘आयातमा कर (भन्सार महशुल) बढाउँछु भनेका छन्। तर, त्यसले बढाउने महंगीको प्रेसर ट्रम्पले थेग्न सक्दैनन्,’ उनले भने, ‘चुनावका बेला बोलिहालेँ भनेर केही सामाग्रीमा भन्सार शुल्क बढाउन सक्छ।’

प्राध्यापक लावती अमेरिकामा धनी र गरिबबीचको खाडल गहिरिँदो भएको र त्यसले तत्लो वर्गमा नैरश्यता छाएकाले पनि ट्रम्पले चुनाव जितेको बताए। ‘तल्ला वर्गको पार्टी भन्ने डेमोक्रेटले तल्लो वर्गको हीतमा काम गरेन। त्यो वर्गमा ठूलो निराशा छाएको छ।,’ उनले भने, ‘त्यो निराशाको दोष ट्रम्पले आप्रवासीलाई लगाए। उनीहरुले तिमीहरुको रोजीरोटी खोस्यो, उनीहरु कुकुर बिरालो खान्छन्, अपराधी हुन् भने। र, त्यो वर्गले पत्याए। जो कमजोर छ त्यसैलाई दोष लगाउन सजिलो हुन्छ।’

एनवाइसी नेपाल न्युजकी सम्पादक मच्छे डी गुरुङल गरेको कुराकानीको भिडियो सामाग्रीः

प्रतिक्रिया