०५ माघ २०८१, शनिबार
Sat, Jan 18, 2025
SUBSCRIPTION

कंग्रेसमा डोनाल्ड ट्रम्पको कब्जा

डेमोक्रेटले हाउस र सिनेट दुवैमा रिपब्लिकनको सामना गर्न नसक्ने।
कंग्रेसमा डोनाल्ड ट्रम्पको कब्जा

न्यू योर्क। सिनेटमा बहुमत हासिल गरेको रिपब्लिकन पार्टीले हाउस अफ रिप्रिजेन्टेटिभमा पनि बहुमत प्राप्त गरेको छ। यससँगै अमेरिकी कंग्रेस रिपब्लिकन पार्टीको नियन्त्रणमा गएको छ।

रिपब्लिकन पार्टीले सन् २०१८ यता हाउस सिनेट सहित कंग्रेस नियन्त्रणमा लिएको थिएन। कंग्रेसमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई आफ्ना एजेण्डा कार्यान्वयनमा सजिलो हुनेछ। डेमोक्रेटले हाउस सिनेट दुवैमा ट्रम्पको एजेण्डा सामना गर्न सक्ने छैनन्।

राष्ट्रपतिमा पराजित सिनेटमा बहुमत प्राप्त गर्न असफल भएपनि डेमोक्रेटले रिपब्लिकनलाई हाउसमा कडा चुनौति दिएको थियो। तर, नोभेम्बर १४ सम्म प्राप्त निवार्चनको मतगणना अनुसार रिपब्लिकनले २१८ सीट सहित हाउसमा बहुमत पाएको हो। हाउसमा कूल ४३५ सिट छ।

ट्रम्पले जनवरी २०, मा आधिकारिक रुपमा ४७ औं राष्ट्रपतिका रुपमा पदभार ग्रहण गर्नेछन्। ट्रमपले यसअघि नै आफ्नो क्याबिनेट गठन सुरु गरिसकेका छन्। हाउसमा बहुमत आएसँगै उनले राज्यका महत्वपूर्ण पदमा मनोनयन गर्ने क्रमले तीब्रता पाउने अपेक्षा गरिएको छ। 

राष्ट्रपतिको पदभार ग्रहण गर्नु दुई महिना अघि ट्रम्पले संक्रमणकालीन राष्ट्रपतिका रुपमा काम गर्नेछन्। नयाँ राष्ट्पतिलाई काम गर्न सजिलो होस् भनेर पूर्व अभ्यास गराउन यस्तो ब्यबस्था गरिएको हो। 

हाउसमा बहुमत आएसँगै डेमोक्रेटले रिपब्लिकनलाई कंग्रेसमा चुनौति दिन नक्सने भएको छ। ट्रम्पले पदभार ग्रहण गरेलगत्तै आफ्नो चुनावी घोषणापत्रमा व्यक्त प्रतिबद्धता कार्यान्वयन सुरु गर्ने अपेक्षा गरिएको छ। उनले इतिहासकै ठूलो डिपोर्टेसन अभियान चलाउने, ट्याक्स ब्रेक अवधि लम्ब्याउने, अर्थतन्त्र पुनसंरचना गर्ने, राजनीतिक दुश्मन तह लगाउने लगायतका वाचा गरेका छन्। 

 

प्रतिक्रिया