०५ माघ २०८१, शनिबार
Sat, Jan 18, 2025
SUBSCRIPTION

सर्वत्र विरोधकावीच म्यानहटन प्रवेश गर्ने सवारीको लागि पुनः शुल्क घोषणा

गभर्नर होकलले आगमी डिसेम्बरको अन्त्यबाट लागु हुने गरी शुल्क घोषणा गर्दै १५ डलरको सट्टा अब ९ डलर कायम गरिएको जानकारी दिए ।
सर्वत्र विरोधकावीच म्यानहटन प्रवेश गर्ने सवारीको लागि पुनः शुल्क घोषणा

 

न्यूयोर्क । सर्वत्र विरोधकावीच न्यूयोर्क राज्यकी गभर्नर क्याथी होकलले म्यानहटन प्रवेश गर्ने सवारी साधानको लागि सवारी भीड नियन्त्रण शुल्क ‘कन्जेस्सन प्राइस’ पुनः घोषणा गरेकी छिन् । म्यानहटनबासी तथा अन्य सर्वसाधारणबाट समेत व्यापक विरोध भएपछि गत जुनबाट लागु हुने भनिएको यो शुल्क योजना राष्ट्रपति निर्वाचनमा जनता रिसाउने डरले गभर्नर होकलले स्थगित गरेकी थिइन् । तर निर्वाचन सकिए लगतै गभर्नर होकलले विहीबार पुनः घोषणा गरेकी हुन् । 

म्यानहटनमा भएको घोषणा कार्यक्रममा गभर्नर होकलले आगमी डिसेम्बरको अन्त्यबाट लागु हुने गरी शुल्क घोषणा गर्दै १५ डलरको सट्टा अब ९ डलर कायम गरिएको जानकारी दिए । उनले म्यानहटन शहरको सिक्सटी स्ट्रिट भन्दा तल प्रवेश गर्ने सवारी साधानले यो शुल्क तिर्नुपर्ने बताए । 

‘यो शुल्कबाट वार्षिक १५ विलियन डलर संकलन हुने र यसबाट न्यूयोर्कसिटीको सबवे ट्रेन र सिटी बसको गुणस्तर वृद्धिको लागि प्रयोग गरिने छ,’ घोषणा कार्यक्रममा गभर्नर होकलले भने । यसअघि १५ डलर भनिएपनि न्यूयोर्कका घरपरिवारलाई आर्थिक भार घटाउने उदेश्यले ९ डलर निर्धारण गरिएको उनको दावी थियो । यो घोषणापछि म्यानहटन शहरको मुख्य क्षेत्रमा सवारी चाप कम हुने र यसबाट पैदल यात्री तथा आकास्मिक सवारी संचालनको लागि सहज हुने उनको भनाई थियो । एमटीए ट्रेनको गुणस्तर वृद्धिको लागि २०२५–२९ कार्य योजना घोषण गरिएको र सो योजना कार्यान्वयनको लागि यो शुल्क उठाउनु परेको उनले बताए । 

यो शुल्क घोषणाप्रति राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले भने यसअघि नै कडा विरोध जनाएका थिए । त्यतिखेर उनले आफु राष्ट्रपति निर्वाचित भएमा यो घोषणा खारेज गर्ने समेत बताएका थिए । ट्रम्पको कार्यकाल शुरु भएपछि यो घोषणा कार्यान्वयन गर्न अफ्ठ्यारो हुने भएपछि न्यूयोर्ककी गभर्नर होकलले हतार हतार लागु गर्न खोजेको टिप्पणि भइरहेको छ । राज्यको गभर्नरले घोषणा गरिसकेको योजना रद्द गर्न भने संघीय सरकारलाई अफ्ठेरो हुने गर्दछ ।   

प्रतिक्रिया