न्यूयोर्क । नेपालमा हालै आएको महाविपत्ति जलवायु परिवर्तनको असरका कारण भएको बैज्ञानिक तथ्यहरुले पुष्टि गर्दै गएपछि यस महाविपत्तिको बारेमा अन्तराष्ट्रिय समुदायको ध्यनाकार्षण गराउन प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन यही सेप्टेम्बर २२ मा न्यूयोर्क आइपुगने भएका छन् ।
भोटेकोशी बाढीपछि जलवायु परिवर्तनको असरसंग जुद्न नेपालले जलवायु न्याय पाउनुपर्ने चर्चा बढेसंगै यसबारेमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी दिन सरकार प्रमुखबाटै सम्मेलनमा सहभागी हुने नेपाल सरकारले निर्णय लिएको हो । यसअघि राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री जाने तय भइसकेको थियो । प्रधानमन्त्री शाह महासभाको बैठकमा सहभागी भएर सेप्टेम्बर २५ मा स्वदेश फर्किनेछन् ।
नेपालमा भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने भएको हो ।





प्रतिक्रिया