न्यू योर्क । न्यू योर्कमा रहेको गिरिजा प्रसाद कोईराला फाउन्डेसन र बाग्लुङ्ग सेवा समाज अमेरिका न्यू योर्क च्याप्टरको संयुक्त आयोजनामा निःशुल्क खाद्य सामग्री वितरण गरिएको छ । सामाजिक कार्य गर्दै आएको फाउन्डेसन र समाजले अप्रिल १ मा संयुक्त रुपमा खाद्यान्न वितरण गरेको हो ।
कार्यक्रममा नेपाली, तिब्बती, बंगाली, स्पानिस तथा भारतीय मूलका करिब २५० बढी परिवारले खाद्य सामग्री प्राप्त गरेका थिए। सहभागीहरूले आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेका परिवारका लागि यो कार्यक्रमले राहत दिएकोे बताएका छन् ।
खाद्यान्न वितरणको पहलको नेतृत्व सोमनाथ घिमिरेले गरेका थिए । घिमिरे अमेरिकाको न्यू योर्क राज्यको डिष्ट्रिक्ट ३० मा राज्यसभा सदस्यको लागि डेमोक्रेटिक पार्टीका प्राइमरी निर्वाचनमा उमेद्धार हुन् ।कार्यक्रम सफल बनाउन दुवै संस्थाका करिब ३० जना स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका थिए। उनीहरूले व्यवस्थापनदेखि वितरणसम्मको सम्पूर्ण प्रक्रिया संयोजन गर्दै व्यवस्थित ढंगले खाद्यान्न वितरण गरेका थिए।
फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, बाग्लुङ समाज न्यू योर्कका अध्यक्ष जीवनाथ कंडेल, वरिष्ठ उपाध्यक्ष विमल हमाल, माया मगर, महासचिब जीबनदास सुनार, सामाजिक अधियन्ता चमेली परियार, युवा अभियन्ता अनिल रोका, बिश्वास बोहोरा, नवराज सापकोटा, प्रभा रिजाल, बिना छन्त्याल, ख्याम पुन, ईश्वर बाबु, तुलासी देबी कँडेल लगायतले खाद्यान्न वितरणमा सहयोग गरेका थिए ।
कार्यक्रमले आपसी सद्भाव, सहअस्तित्व र मानवताको भावना प्रवद्र्धन गर्नुका साथै आपत्कालिन अवस्थामा समुदायले एक अर्कालाई कसरी साथ दिन सक्छ भन्ने सन्देश दिएको आयोजकले बताएको छ । यो कार्यक्रम केवल खाद्य वितरणमा सीमित नरही, विविध समुदायबीचको सम्बन्ध सुदृढ गर्ने र मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देश फैलाउने महत्वपूर्ण पहलका रूपमा स्थापित भएको आयोजकको भनाइ छ।





प्रतिक्रिया