१८ जेठ २०८३, सोमबार
Mon, Jun 1, 2026
SUBSCRIPTION

पार्कर खेलाडी दिनेश सुनारको २१ औं विश्व कीर्तिमान

पार्कर खेलाडी दिनेश सुनारको २१ औं  विश्व कीर्तिमान

फोटो : राजन काफ्ले 

न्यू योर्क पार्कर खेलाडी दिनेश सुनारले २१ औं पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्।

सुनारले ३० सेकेन्डमा सबैभन्दा धेरै बटरफ्लाइ ट्वीस्ट गरेर कितिैमान राखेका हुन्। गएको जनवरी १९ मा न्यूयोर्कमा ३० सेकेन्डमा सबैभन्दा धेरै १४ बटरफ्लाइ ट्वीस्ट गरेको गिनिज वल्र्ड रेकर्डले उल्लेख गरेको छ। 

नेपालको खोटाङ हेलेसीमा जन्मिएका ट्रेलब्लाजिङ पार्कर खेलाडी सुनारलाई अल्पाइन खेलकुद संघले मानार्थ सदस्यता प्रदान गरेको छ। यो सम्मानित मान्यता पार्कर जिम्न्यास्टिकको क्षेत्रमा दिनेशको उल्लेखनीय उपलब्धिहरूको प्रमाण मानिएको छ।

दिनेशलाई अल्पाइन खेलकुद संघका अध्यक्ष नगावाङ निन्मा शेर्पा महासचिव सन्जोक आचार्यले सुनारले असाधारण सीपबाट नेपाल अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पुरस्कार प्रदान गरेका थिए।

मानार्थ सदस्यको हैसियतमा सुनारले नेपाल अन्तर्राष्ट्रिय स्तरमा पार्करको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

सुनारले २० औं पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए। 

सुनारले पार्कर जिम्नास्टिक खेल अन्तरगत पर्ने मस्ट ब्लाइन्ड  फोल्डेड ब्याकवार्ड 

 पार्कर खेलाडी दिनेश सुनार २० औं पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए

सुनारले पार्कर जिम्नास्टिक खेल अन्तरगत पर्ने मस्ट ब्लाइन्ड  फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्डू बिधामा १४ पटक सम्म आँखा बन्द गरी आँखामा पट्टी बाँधेर  हात नटेकिकन पछाडि उल्टि हानेर नयाँ रेकर्ड कायम गरेका थिए। यस बिधामा कम्तिमा १० पटक सम्मको मापदण्ड रहेको थियो

सुनारले गएको डिसेम्बर २०२४ मा अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रममा २०औं पटक गिनिज बुक अफ वल्र्ड रेकर्र्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए। 

 

प्रतिक्रिया