३२ असार २०८३, बिहिबार
Thu, Jul 16, 2026
SUBSCRIPTION

ल्होसारलाई न्यू योर्क सिटीमा ‘बिदा’ को मान्यता (भिडियो सहित)

ल्होसारलाई न्यू योर्क सिटीमा ‘बिदा’ को मान्यता (भिडियो सहित)

न्यू योर्क। हिमाली तथा पहाडी समुदायले मनाउने ल्होछार पर्वले न्यू योर्क सिटीमा औपचारिक रुपमाबिदाको मान्यता पाएको छ। न्यू योर्क सिटी काउन्सिलले जनवरी २३ मा कानून पारित गरेरै ल्होछारलाई औपचारिक मान्यता दिएको हो।

सिटी काउन्सिलले सार्वजनिक बिदाका दिनमा जस्तै ल्होछार पर्वका दिनअल्टर्नेट पार्किङमिटर बन्द गर्ने कानून पारित गरेको हो। यससँगै ल्होछार पर्वले न्यू योर्क सिटीमा औपचारिक बिदाको मान्यता पाएको हो।न्यू योर्क सिटीले ल्होछार पर्वलाई बिदाको मान्यता दिएको ,’ काउन्सिल मेम्बर जुली वनले भनिन्, ‘यो बौद्धिष्ट समुदायको पहिलो बिदा हो।

उनले ल्होछार मनाउने समुदायको पहल सङ्गठित प्रयासका कारण ल्होछारले बिदाको मान्यता पाउन सफल भएको बताइन्।यो सुरुवातमात्रै हो,’ उनले भनिन्।यो कानूनको विधेय काउन्सिल मेम्बर वनले प्रायोजन गरेकी थिइन्। कानून पारित भएसँगै ल्होछारमा हरेक वर्ष फेब्रुअरी २८ मा न्यू योर्क सिटी भित्रका सडकहरूमा अल्टर्नेट पार्किङ शुल्क लाग्दैन। 

ल्होछार बिदा न्यू योर्क सिटीभित्र मात्र लागू हुनेछ। यसले न्यू योर्क स्टेट फेडरल तहमा हुने कामकारवाहीलाई फरक पर्ने छैन। सरकारी कार्यालयहरू खुला रहने छन्। ल्होछार नेपाल, भारतका पहाडी समुदाय तथा भुटान  तिब्बतियन समुदायको नयाँ वर्ष हो। 

भिडियोः

 

 

प्रतिक्रिया